२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सात महिनामा ६१ हजार विदेशी नेपाल भित्रिए

कोरोना भाइरस संक्रमणले गर्दा विदेशी पर्यटकको आगमनमा अझै सुधार आउन सकेको छैन । गत मार्च, अप्रिल महिनामा केही संख्यामा विदेशी पाहुना नेपाल भित्रिएको भएपनि त्यसपछिका महिनामा आगमन निकै नै घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२१ लागेपछिको सात महिनामा जम्मा ६१ हजार ४९ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

लाङटाङ राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०७७/७८ मा पर्यटकको आगमन निकै कम भएको छ।

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ। पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन्।

दैलो उघार्दै लेकसाइडका होटल

कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका पोखराका ठुला आकारका होटल संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यवसायीले बताएका छन् ।

पर्यटक पर्खाइमा फेवाका डुंगा चालक

लामो समयपछि डुंगा चलाउन पाएकोमा चालक मख्ख छन्। सोचेजसरी पर्यटक नआउँदा भने उनीहरू खिन्न छन्। पोखरा सराङकोट घर भएका चालक लक्ष्मण परियार भन्छन्, ‘डुंगा चलाउन बन्द हुँदा हाम्रो रोजीरोटी पनि बन्द थियो। खुलेपछि अलिकति भए पनि सहज भएको छ तर कमाइ खासै छैन।’ अहिले नाफा नभए पनि पर्यटक आउने आशामा डुंगा सञ्चालन गरिरहेको उनको भनाइ छ।

पूर्वकै पर्यटकीयस्थल तालतलैयामा पर्यटक मोहित पार्न वृक्षारोपण

पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ।

कोरोना कहरः मासिक १० अर्ब गुमाउँदै पर्यटन क्षेत्र

सुदर्शन कार्कीले २०६० सालदेखि चरिकोटमा होटल चलाउँदै आएका थिए। कोरोना महामारी आउनु र लकडाउन हुनुअघिसम्म उनको होटल आन्तरिक पर्यटकले भरिभराउ हुन्थ्यो।

बाढीले समृद्धिको सपना चकनाचुर

सुन्दर पर्यटकीय गाउँ मेलम्चीलाई बाढीले क्षतविक्षत बनाएको छ। मेलम्ची खोलाको उद्गम हेलम्बुमा पनि बाढीले क्षति पुर्‍याएको छ। क्षति हेर्दा मेलम्ची र हेलम्बुलाई पूर्ववत् अवस्थामा फर्कन दसौं वर्ष लाग्नेछ।

‘खुवालुङ फुट्दैन,पर्यटकीय केन्द्र बन्छ’

सरकारले किरात समुदायको ऐतिहासिक र साँस्कृतिक स्थल खुवालुङलाई फुटाउने योजना अघि सारेको भन्दै विरोध भइरहेका बेला प्रदेश सरकारले सो स्थललाई संरक्षण गर्दै ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना अघि सारेको हो।

लेकसाइडका व्यवसायीको नि:शुल्क एम्बुलेन्स सेवा

आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि यहाँका पर्यटन व्यवसायीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आउजाउमा सघाउनेछन् ।

दिउँसै निदाएको छ लेकसाइड

पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो । तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अहिले लेकसाइड दिउँसै भुसुक्क निदाएजस्तो देखिएको छ ।

पर्यटक तान्दै पाटेनागी–कुइभिर

इलाम नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिरले पर्यटक आकर्षित गर्दैछन्। कच्ची सडकसमेत पुगेपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको छ।

पर्यटनमा फेरि लाग्यो दैलो

कोरोना भाइरस संक्रमणले एकवर्ष भन्दा बढि समयदेखि थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूँतिन मात्र खोजेको के थियो, कोरोनाको दोश्रो लहरको भुंग्रोमा परिहाल्यो । कोरोनाको दोश्रो लहरले सबैतिर हालयकालय बनाइरहँदा पर्यटन क्षेत्र छोटो अवधिमै ठप्प हुन पुगेको छ ।

रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम

विश्वव्यापी फैलिएको कोभिड–१९ पछि रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन निकै कम भएको छ। वार्षिक २० हजारभन्दा बढीको संख्यामा पर्यटक आउने गरेकोमा कोभिड–१९ पछि थोरै मात्र पर्यटक आएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनामा करिब ३ हजार पर्यटक मात्र जिल्ला भित्रिएका छन्।

नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रहेकामा बन्दाबन्दी हटेसँगै विस्तारै पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्