२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पूर्वकै पर्यटकीयस्थल तालतलैयामा पर्यटक मोहित पार्न वृक्षारोपण

पूर्वकै केन्द्र मानिएको इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि एउटा मनोरम ठाउँ आउँछ। यो ठाउँ पर्यटकीयस्थल तालतलैयाको नामले चिनिन्छ। यही तालतलैयामा रोटरी क्लब अफ इटहरीले आफ्नो क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा बिहीबार वृक्षारोपण गरेको छ।

इटहरी वडा नं. ३ मा पर्ने यहाँ पूर्वकै पर्यटकीय गन्तव्य बनाएर पर्यटकलाई मोहित पार्ने सोचले एक सय २५ प्रजातीका विरुवा रोपेर वार्षिकोत्सव मनाएको रोटरी क्लब अध्यक्ष सबिना कोइरालाले बताइन्। क्लब २५ औं वर्षको अवसरमा छ सय २५ प्रजातिका विरुवा रोप्ने योजना बनाएर तालतलैयाबाट सुरुवात गरेको कोइरालाले बताइन्।  

तालतलैया आफैमा एक प्राकृतिक मनोरम ठाउँ हो। तालतलैया हाताभित्रै क्लबले २ वटा विश्रामस्थल पनि निर्माण गरी जिम्मा लगाएको छ।

तालतलैयामा चिडिया घर, वन भोज स्थलका मनोरम स्थल छन्। यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जंगली जनावर समेत राखिएको छ। यहाँ भएका मृग, बाह्रसिंगे, अस्ट्रिज, अजिंगर, चरीबाघ, विभिन्न प्रजातीका मुसा, स्याल ,मयुर, बादरलगायतलाई हेर्नका लागि विशेषगरि शैक्षिक संस्था विदा र शनिबारका दिन विद्यार्थीको जमघट हुने गर्छ। 

तालतलैयामा क्षेत्रका पोखरीमा डुंगा सयर गर्ने पनि व्यवस्था मिलाइएको छ। पछिल्लो समय कोरोना महामारीले गर्दा भने पर्यटक आउने संख्या स्वतः घटेको छ।

प्रकाशित: १७ असार २०७८ १३:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App