२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।

गन्तव्यः रातारात भाइरल बन्छन्, अनि हराउँछन्

पछिल्लो समय कतिपय गाउँ एकाएक सामाजिक सञ्जालमा छाएका छन्। गतिला पर्यटकीय पूर्वाधार नरहेका ती गाउँ जर्बजस्त भाइरल बनेका छन्। भाइरल बनेका ती गाउँमा अहिले घुम्न जानेको ताती लाग्न थालेको छ। त्यसको उदाहरण तनहुँको मानहुँकोट र म्याग्दीको रत्नेचौरको तोरीबारी हुन्।

पर्यटकीय पूर्वाधार बने तर, चल्नै नपाई थला परे

साहसिक र आन्तरिक पर्यटक बढ्न थालेपछि पोखरा र आसपासका क्षेत्रमा पूर्वाधार थपिएपनि ती पूर्वाधार कोरोना संक्रमणका कारण थला परेका छन्। हालैमात्र संचालनमा आएका जीपलाइन, जायन्ट स्विङ र स्काई साइक्लिङ जस्ता पुर्वाधार पाहुना देख्न नपाउँदै ढोका लागेसरह भएका छन्।

पर्यटक तान्दै रामपुरको ‘तालपोखरा’

पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका छन्। अहिले दैनिक चार सय हाराहारी मानिसहरु आउने गरेको डुङ्गा चालक भगवान देवकोटा बताउँछन्।

बेथानचोक नारायणस्थानमा जोखिम बढ्न थाल्यो

बेथानचोक नारायणस्थान जिल्लाकै अग्लो स्थान हो। विशेषगरी हिउँदमा हिउँपर्ने भएकाले यो अवधिमा आन्तरिक एवं बाह्य पर्यटक आउने गर्दछन्।

मानहुँकोटमा सार्वजनिक जग्गामा बतासको प्रस्ताव

तनहुँको पर्यटकीय क्षेत्र मानहुँकोटको सार्वजनिक जग्गा भाडामा लिनेगरि व्यावसायिक समुह बतासले प्रस्ताव गरेको छ। पछिल्लो समय निकै नै चर्चा कमाएको यो डाँडामा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने योजना बतासको छ। बतासले ५० वर्षका लागि ब्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटको जग्गा भाडामा लिने प्रस्ताव गरेको हो।

सुध्रिँदै विदेशी पर्यटक आगमन

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा केही सुधार देखिएको छ। सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ। नेपाल भित्रिएका ती विदेशी पाहुना हवाई र स्थालमार्गबाट भित्रिएका हुन्। ती मध्ये अधिक पाहुना हवाईमार्गबाट भित्रिएका थिए।

नयाँ वर्ष मनाउन भेडेटारमा आन्तरिक र बाह्य पर्यटकहरुको घुइँचो

अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा पर्यटकहरुको भीड लागेको छ।

पर्यटकीयस्थल चन्द्रागिरिमा हिमपात सुरुः मनोरञ्जन लिन आउनेकाे घुइँचो

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिए।

क्रिसमस र अंग्रेजी नयाँ वर्षका लागि सजिँदै होटल

नयाँ वर्ष र क्रिसमसको आसपासमा ठूला कार्यक्रम गर्ने योजना रहे पनि अहिलेकै स्थितिमा गर्न नसकिएकाले नेपाली नयाँ वर्षसम्मका लागि आयोजनाको तयारी भइरहेको व्यवसायीको भनाई छ।

कोरोनाले बदलिदियो पर्यटकको घुमघाम शैली

कोरोना संक्रमणले गर्दा विदेशी पर्यटकले लामो अवधि ग्याप राखेर बुकिङ गर्न छाडेका छन्। पछिल्लो समय बुकिङ छोटो समयको हुने भएकोले पर्यटनमा अनिश्चितता बढ्दै गएको व्यवसायी बताउँछन। कम समय राखेर आउने पाहुनाको बसाई अवधि पनि पहिले भन्दा कम हुन थालेको व्यावसायी बताउँछन्।

पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा

अक्करे भिरको सिरानमा पहरा छ। गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन्। पितापुर्खाले दिएको नाम हो, त्यो। जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो।

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।

हिमालको काखैमा हाई अल्टिच्युड खेलमैदान निर्माण हुँदै

टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन मनिषा निर्माण सेवाले पहिलो चरणमा २३ लाख २३ हजार ९१४ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

बौद्ध क्षेत्रमा विदेशी पर्यटकको चहलपहल

कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्