१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

रुसमा नेपाली युवकको हत्या

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ बर्षीय राजकुमार यादवको हत्या गरेका हुन्।

खोलाले बगाउँदा युवक बेपत्ता, एक महिला मृत फेला

खोलाले बगाउदा एक जना युवा बेपत्ता भएका छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारका ३७ वर्षीय सानोकाजी ठटाल ठोट्ने खोलाले बगाउँदा बेपत्ता भएका हुन्।

जात्रा हेर्न गएका युवा मृत अवस्थामा भेटिए

नुवाकोटको तादी गाउँपालिका–३ भोर्लेमा एक युवा मृत अवस्थामा भेट्टिएका छन्। तादी गाउँपालिका– २ रालुकादेवीका २३ वर्षीय  विजय कट्टेल मृत अवस्थामा भेटिएका हुन्।

जापानमा इलाम चिनाउँछन् जो

‘चियामा ब्रान्ड दार्जिलिङको तर गुणस्तर चाहिँ इलामको उच्च छ,’ उनी इलामकै चियामा हुरुक्क हुनुको कारण खुलाउँछन्, ‘हाम्रो देश (जापान)मा मात्र होइन, अलि बढी रुपैयाँ कमाउने हिसाबले इलामको चियालाई दार्जिलिङको चियाका नाममा बिक्री गर्ने धेरै देशमा धेरै व्यवसायी छन्।’

काकाबाट भतिजी बलात्कृत

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

युवकको शव फेला

बर्दिवास नगरपालिका–३, गौरीडाँडामा एक युवकको शव फेला परेको छ। सोही ठाउँ घर भएका ३६ वर्षीय श्रवणकुमार थापाको शव मंगलबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

चोर्दा चोर्दै एक युवक पक्राउ

सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्।

टिकटकले लियो २२ वर्षे युवकको ज्यान

भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर त्यहीं सिमा पार गर्न खोजिएको खण्डमा हाम्रो सानो गल्तीले पनि ज्यान जान सक्छ।

विदेशीसँग बिहे, सुखी जीवनकोे सपना भताभुंग !

चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन्। चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन्। उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो। सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो।

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

जिल्लामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो।

'मेरो अर्को खुट्टा भन्नु नै साइकल हो'

उनले साइकल कुदाएको देखेर बाटोमा धेरै मानिसहरुले अनौठो प्रतिक्रिया दिन्छन्। कसैले त भएको अर्को खुट्टा पनि भाँचिएला भन्ने टिप्पणी दिएको सुन्दा उनलाई राम्रो लाग्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्