९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

युवकको शव फेला

महोत्तरी– बर्दिवास नगरपालिका–३, गौरीडाँडामा एक युवकको शव फेला परेको छ। सोही ठाउँ घर भएका ३६ वर्षीय श्रवणकुमार थापाको शव मंगलबार राति ११ बजे फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।

वीपी राजमार्ग (बर्दिवास–सिन्धुली–बनेपामार्ग)को बर्दिवास–३, गौरीडाँडाको स्मृति पार्क नजिकै मंगलबार मध्यरातमा थापाको शव घोप्टो परेको अवस्थामा फेला परेको हो।

गस्तीमा गएको प्रहरी टोलीले घोप्टो परेको अवस्थामा श्रवणलाई भेटाएपछि बर्दिवासस्थित शुभ स्वस्तिक अस्पताल पु-याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतक थापाको टाउको पछाडि चोट लागेकाले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

थापालाई मंगलबार साँझ कसैले बोलाएर गएकाले श्रवणको हत्या भएको हुन सक्ने परिवारले बताएका छन्। शव नजिकै थापाको प्रदेश–०२–००१ प ३०५४ नम्बरको स्कुटर र हेलमेट फुटेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। थापाको मृत्यु दुघर्टनामा भएको वा अन्य कुनै कारणले भएको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १ श्रावण २०७६ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App