५ आश्विन २०८१ शनिबार
image/svg+xml

यातायात व्यवसायीकाे बैंक खाता राेक्का, पदाधिकारीकाे सम्पत्ति छानबिन हुने

सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न अनुमति लिएका साविकका यातायात व्यवसायी समिति, महासंघ र तिनका पदाधिकारीको सम्पत्ति विवरणको अनुसन्धान गर्ने भएको छ।

सुन काण्डको छानबिन

३३ किलो सुन तस्करी प्रकरणमा ६३ जनाविरुद्ध मुद्दा दायर भए पनि यसका वास्तविक मालिकहरू अझै फेला परेका छैनन्। गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदनलाई मुद्दाको आधार मानिएको छ। यस काण्डमा प्रहरीका उच्च अधिकृतसम्मको संलग्नताको आशंका गर्दै मुद्दा दायर गरिए पनि अनुसन्धानको पाटो एकपक्षीय मात्र भएको भन्ने धारणा सार्वजनिक भएका छन्। गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित उक्त समितिले यस प्रकरणमा प्रहरी कर्मचारीलाई मात्र लक्षित गरेको छ।

रंगभेदी दुर्व्यवहारमाथि फिफाको छानबिन

फिफाले रूस र फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलदौरान रूसी समर्थकले फ्रान्सेली खेलाडीमाथि गरेको रंगभेदी दुर्व्यवहारको छानबिन गर्न मंगलबार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

पाकिस्तानको उजुरीमा छानबिन समिति

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार भारतले दुईपक्षीय शृंखला खेल्न अस्वीकार गरेको भन्दै पाकिस्तानले दिएको उजुरीको छानबिनका लागि समिति गठन गरेको छ।

राप्रपाद्वारा घटनाको छानबिनको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानबिनको माग गरेका छन्।

अख्तियारले माग्यो ‘अनुचित कार्य’मा छानबिन अधिकार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ संविधानमा ‘अनुचित’ कार्यलाई अख्तियारको क्षेत्राधिकारबाट हटाइएका कारण छानबिन असहज भएको जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ को २७औं वार्षिक प्रतिवेदनमा अख्तियारले यो विषय उठान गरेको छ।

‘गुपचुप’ मा मिलापत्र भएको बलात्कार घटनाको छानबिन

बलात्कारको घटनामा पीडित पक्षलाई उजुरी नदिन अनेक प्रलोभन दिएर मिलापत्र गरिएको थियो । घटना त्यति बेला सामसुम भए पनि प्रहरीका उच्च अधिकारीसम्म सूचना पुगेपछि छानबिन समिति गठन भएको हो।

सीमा विवाद छानबिन गर्न नापी विभागको टोली वीरगञ्जमा

वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली शनिबार वीरगञ्ज आएको छ। छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी विभागका निर्देशकको नेतृत्वमा टोली वीरगञ्ज आएको हो।

सिटिइभिटीले सुरु गर्यो छानबिन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त टिएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाले मनपरी रकम असुलेको समाचार प्रकाशन भएपछि सिटिइभिटीले छानबिन सुरु गरेको छ । सिटिइभिटीले पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीलाई पत्राचार गरी निर्देशन दिएपछि छानबिन थालिएको हो ।

सर्वोच्चमा केसीको बयान- 'प्रधानन्यायाधीशमाथि छानबिन गर्न माग'

अदालतको अपहेलना अभियोगमा गिरफ्तार डाक्टर गोविन्द केसीले न्यायमा विकृति भित्रिएको देखेर शुद्धीकरणका लागि आफू बोलेको बयान दिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा मंगलबार केसीको बयान लिइएको थियो । मंगलबार बयानमात्र सकिएको भन्दै इजलासले बुधबार बिहान १० बजे अदालतमै उपस्थित गराउन सुरक्षाकर्मीलाई आदेश दिएको छ ।

मेलम्ची बेथितिमा मन्त्रालयको छानबिन

मेलम्ची खानेपानी आयोजनाले टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई थप रकम भुक्तानी दिएको विषयमा खानेपानी तथा सरसफाइ मन्त्रालयले छानबिन थालेको छ । सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले अतिरिक्त रकम भुक्तानी दिएको सार्वजनिक भएपछि मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको छ ।

पौडल हत्याको छानबिन गर्न अनुसन्धान टोली, सिआईबीले सघाउने

रुपन्देहीका व्यवसायी बसन्त पौडेल ‘बलु’ हत्याको छानबिनका लागि संघीय प्रहरी इकाई भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली गठन गरेको छ। अनुसन्धान टोलीले शनिबार देखिनै काम सुरु गरेको इकाईका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले बताए।

बेपत्तासम्बन्धी उजुरीमाथि प्रारम्भिक छानबिन, ८० प्रतिशतमा राज्य दोषी

द्वन्द्वकालमा बेपत्ता पारिएका नागरिकका परिवारबाट परेका उजुरीमाथिको प्रारम्भिक छानबिनमा राज्य बढी दोषी पाइएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरिरहेको प्रारम्भिक अध्ययनले कुल उजुरीमध्ये ८० प्रतिशतमा राज्य दोषी देखाएको छ । ‘प्रारम्भिक अध्ययनका क्रममा सरदरमा ८० प्रतिशत मुद्दामा तत्कालीन राज्य पक्ष दोषी पाइएको छ,’ आयोगका एक अधिकारीले नागरिकसँग भने, ‘२० प्रतिशतमा तत्कालीन विद्रोही पक्ष दोषी पाइएको छ ।’

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

ग्यास उद्योग दुर्घटना : छानबिन गर्न दुई समिति

वीरगन्जमा रहेको सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको दुर्घटनाको विषयमा छानबिन गर्न दुई समिति गठन भएका छन् । नेपाल आयल निगम र ग्यास उद्योगीले बुधबार छुट्टा–छुट्टै छानबिन समिति बनाएका छन् । ग्यास अनलोड गर्ने क्रममा सुपर ग्यासको बोटलिङ प्लान्टमा बुलेटबाट ग्यास चुहावट भएर मानवीय र करोडौंको क्षति भएपछि छानबिन गर्न लागेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्