५ आश्विन २०८१ शनिबार
image/svg+xml

तीन दर्जन कम्पनीमाथि छानबिन

तोकिएको मापदण्ड पूरा नगरी उत्पादनलाई बजारमा बिक्री गर्ने करिब तीन दर्जन कम्पनीमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले छानबिन गरेको छ । विभागले तोकेको मापदण्डलाई बेवास्ता गर्दै बजारमा सामान बिक्री गर्ने कम्पनीलाई विभागले छानबिन गरेर सचेत गराउँदै केहीलाई कारबाही समेत गरेको छ ।

छानबिन गर्न भगवतीको माग

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित वाम गठबन्धनकी भगवती चौधरीले उच्चस्तरीय समिति गठन गरी निर्वाचनका सम्बन्धमा छानबिन गर्न माग गरेकी छिन् ।

६० हजार मुद्दाको छानबिन

चितवनको माडीस्थित बाँदरमुढे बम विस्फोटका घाइते कृष्ण अधिकारीलाई न्याय पाइन्छ भन्ने आशा मरेको थिएन । तर असारदेखि सुरु भएको छानबिन प्रक्रिया निकै सुस्त हुँदा उनी निरासिए । ‘खै हाम्रो पालो कहिले आउला, पहिलो चरणकै काम सकिएको छैन भन्छन्,’ उनलाई सोध्ने अरू द्वन्द्वपीडितलाई उनी यस्तै जवाफ दिन्छन् । माडीको सो घटनामा ३८ जनाले ज्यान गुमाएका थिए । ७० बढी घाइते भएका थिए ।

छानबिन समितिले माग्यो बक्यौता रकमको पूर्ण विवरण

काठमाडौं उडान गरिरहेका दुई दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब साढे २ अर्ब रुपैयाँ नतिरेको विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल व्यवस्थापनसँग सम्पूर्ण हिसाबकिताब मागेको छ ।

नर्भिक अस्पतालमाथि आपूर्तिको छानबिन

निजी क्षेत्रको नर्भिक अस्पतालले विरामीसँग गैर कानुनी रुपमा हस्पिटल सर्भिस चार्ज लिएको आरोपमा आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरको छ।

त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीमाथि छानबिन हुने

काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा संलग्न त्रिवि उपकूलपति तिर्थ खनियाँ र सरकारले तोकेभन्दा बढी शुल्क तोक्ने काठमाडौ विश्वविद्यालयका पदाधिकारीमाथि छानवीन हुने भएको छ।

धाँधली छानबिन समितिले चार वर्षमा बुझायो प्रतिवेदन

दोस्रो संविधानसभा निर्वाचनमा भएनभएबारे अध्ययन गर्न गठित समितिले चुनावका दिन उम्मेदवारलाई मतदान स्थलमा प्रवेश गर्न दिन नहुने सुझाएको छ । रुपान्तरित संसद् विघटन हुनु अघिल्लो दिन शुक्रबार समितिले प्रतिवेदनमार्फत यस्तो सुझाव दिएको हो ।

गैरनेपालीको नागरिकता छानबिनमा ढिलासुस्ती

नक्कली प्रमाणको भरमा २०६३ सालमा टोलीमार्फत विजयनगर गाउँपालिका–६ बाट तीनजना भारतीयले नेपाली नागरिकता हात पारेको भन्दै स्थानी मिठाईलाल चौहानले प्रशासन कार्यालयमा उजुुरी दिए ।

निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या, छानबिन समिति गठन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ओमशान्ति चोकमा रहेको घरबाट अनामनगरमा रहेको महासंघको कार्यालयमा जान घरबाट निस्किए । गल्ली पार गरेर मध्यबानेश्वरको खरीबोटमा निस्कन केही उकालो बाटो पार गर्नुपर्छ । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी उकालोमा पुगेलगत्तै चालक राजकुमार खत्री बसेतिर अगाडिको सिसामा कसैले इँटाले हान्यो । सिसा चर्किंदा केही देखिएन ।

सम्बन्धनमा छानबिनको नाटक

स्वास्थ्य मन्त्रालयको छानबिन समितिले अस्पताल सञ्चालन अनुमति नै नभएको प्रमाणित गरिसक्यो । यी सबै विषयले त्रिवि पदाधिकारीदेखि ‘फर्जी’ प्रतिवेदन तयार पार्नेहरूको कर्तुत छरपस्ट भइसकेको छ । यस्तो अवस्थामा त्रिवि पदाधिकारी भने लाजै नमानी आफैंले गरेको निर्णयमाथि छानबिनको नाटक रचिरहेका छन् ।

अन्तरघाती पत्ता लगाउन एमालेको छानबिन समिति

नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेद्वारलाई हराउनका लागि घात/अन्तरघात गर्ने नेता तथा कार्यकर्ताका विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

साझामा अनियमितता छानबिन शंकाको घेरामा

साझा प्रकाशनको अनियमिततामा अघिल्लो पटक सफाइ दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी यसपटक पनि छानबिन र अनुसन्धानमा खटिएको पाइएको छ । अख्तियारका उपसचिव रामप्रसाद सुवेदी यसअघि पनि साझामा अनियमितता विषयमा परेको उजुरीमा छानबिन गर्न खटिएका थिए । त्यतिबेला उनले साझामा कुनै अनियमितता नभएको भन्दै सफाइ दिएको स्रोत बताउँछ ।

साझामा अख्तियारको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा प्रकाशनमा भएको अनियमितताबारे अनुसन्धान सुरु गरेको छ। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थामा आर्थिक अनियमितता तथा मनपरी गरेको विषयमा नागरिक तथा रिपब्लिका दैनिकमा समाचार प्रकाशित भएपछि अख्तियारले चासो देखाएको हो।

छानबिन टोलीले भेट्यो पीडित परिवार

रौतहटको गरुडामा गत साउन २१ शनिबारका दिन सडक किनारको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटना सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित टोलीले घटनास्थलको निरीक्षण गरेको छ । गृह मन्त्रालय सुरक्षा समन्वय महाशाखाका सहसचिव दीपक काफ्लेको नेतृत्वमा प्रहरी प्रधान कार्यालयका डिआइजी पुष्प रन्जित र सडक विभागका क्षेत्रीय निर्देशक मुक्ति गौतमसहितको टोलीले चार बालिका डुबेको खाल्डोको स्थलगत निरीक्षण गर्दै पीडित परिवारलाई पनि भेटेको छ।

सातै प्रदेशबाट द्वन्द्वकालीन घटना छानबिन

सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्न बनेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातै प्रदेशबाट काम थालेको छ। आयोग गठनको दुई वर्षपछि सातवटै प्रदेशमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी द्वन्द्वकालका घटनाबारे छानबिन गर्न थालेको दाबी उसकोे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्