६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बाँदरले दिएको पीडा भनिसाध्य छैन

पोखरा महानगरपालिका–१९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियान चलाउने भन्दै सोमबार एउटा सूचना जारी गरे। ‘मेरो रुख म काट्छु’ अभियान भन्दै १० दिनभित्र रुख काटिसक्न पनि उनले वडाबासीलाई आग्रह गरे। वडाभित्रको लामाचौर, पुरुन्चौर क्षेत्र बाँदर आतंकबाट पीडित भएको सूचनामा उल्लेख छ। वडा कार्यालयले सूचना जारी गरेलगत्तै रातारात सामाजिक सञ्जालमा भाईरल भयो। सकारात्मक भन्दा नकारात्मक टिप्पणी सुरु भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्