१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

संघीय संसद भवनको एक तिहाइ निर्माण

संघीय संसद भवनको पूर्वाधार निर्माण एक तिहाइ सकिएको छ। पहिलो र दोस्रो लहरको कोभिड–१९ मा पनि निर्माण कार्य नरोकिएकोले उक्त उपलब्धि हासिल भएको बताइएको छ। सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालय मातहत यो भवन निर्माण भइरहेको छ।

जनचाहना पूरा गर्न सरकार प्रतिबद्ध छ: मन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताका विकासका चाहना पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

वर्तमान सरकारले ल्याएको अध्यादेश बाध्ययात्मक: कानुन मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको अध्यादेशलाई एमाले फुटाउने षडयन्त्र भएको भन्दै पार्टी भित्रै चर्को आलोचना भैरहँदा सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले उक्त अध्यादेश संसदको स्थिरताका लागि भएको जिकिर गरेका छन्।

जसपा पनि टुक्रियो

हस्ताक्षर सनाखत गरेपछि निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई दर्ता गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै जसपा औपचारिक रुपमा विभाजित भएको छ।

कक्षा १२ को परीक्षा भौतिक रुपमै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

अध्यादेश आशंकाले एमालेमा तरंग

एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।

संसद्को चालु अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने व्यहोराको पत्र सभामुख अग्नीप्रसाद सापकोटाले पढेर सुनाएका हुन्।

संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।

कर्णाली प्रदेश: बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिले भने नियमित कार्यक्षेत्रअन्तर्गतका कामका अतिरिक्त बाह्य पहुँच र खुलापनतर्फ आफ्नो सक्रियता बढाउँदै आएको छ।

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

नमूना संसदमा उठ्यो जयसिंह धामीको मुद्दा

दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सत्यतथ्य छानबिनको लागि युवा सांसदले नमूना संसदमा सरकारसँग माग गरेका छन्।

सभामुखद्वारा निर्माणाधीन संघीय संसद भवनको अवलोकन

‘यो भवन चाँडोभन्दा चाँडो सम्पन्न होस्। किनभने हामी अहिले पनि भाडा तिरेर संघीय संसद भवन संचालन गरिरहेका छौं', सभामुखले भने, 'हामी चाँडोभन्दा चाँडो आफ्नै भवनमा सर्न चाहन्छौं। समयमै सम्पन्न गर्नका लागि आयोजनाले आफ्नो कामको गति बढाउनु पर्दछ। कोरोनाको प्रतिकूलतालाई चीर्न स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्नु पर्दछ।’

संसद् बिजनेसविहीन सभामुख अलमलमा

संसद्मा रहेका विधेयकलाई अघि बढाएर लैजानका लागि प्रतिपक्षको पनि महत्वपूर्ण भूमिका हुन्छ। एमालेभित्रको विवादका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको र मन्त्रिमण्डल विस्तार हुन नसक्दा संसद्ले बिजनेस नपाएको देखिएको स्रोतको दाबी छ।

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्