१९ आश्विन २०८१ शनिबार
image/svg+xml

धनुषामा नौं पालिकाका प्रमुख फेरिए भने दुई पुनः दोहोरिए

धनुषामा जम्मा १८ वटा पालिका रहेको छ। जसमध्ये १० पालिकाको अन्तिम परिणाम आइसकेको छ। छ पालिकामा नेपाली कांग्रेस, तीन पालिकामा (जसपा) र दुई पालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। बाँकी ८ वटा पालकिाको अन्तिम परिणाम आइसकेको छैन्।

धनुषाको सहिदनगरमा १,२ र ४ मा कांग्रेस विजयी

जनकपुरधाम धनुषाको सहिदनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजय भएका हुन्। वडा नम्बर २ मा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका सतेन्द्र चौरबार यादव निर्वाचित भएको हो।

मतगणना स्थलमा प्रहरीद्वारा २५ राउण्ड हवाई फायर

धनुषाको धनौजी गाउँपालिका लखौरी मतदान केन्द्रमा खसेको मतपत्र भन्दा बढी मतपत्र पाएपछि विवाद भएको छ।

धनुषाको सहिदनगरमा कांग्रेसको प्यानल विजय

धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार विजय भएका छन्। वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको तेजीलाल यादव ६५९ मत ल्याएर निर्वाचित भएका हुन्।

स्थानीय तह निर्वाचन: धनुषामा तयारी तीव्र

आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिंदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ।

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।

अवैध क्रसरको जगजगीः कानुन मिच्नेलाई धाप संरक्षणकर्मीलाई तनाव

दोहनकारी पक्षले महतोसहित पाँचजनामाथि जिल्ला प्रशासन कार्यालय सिरहामा अभद्र व्यवहारसम्बन्धी निवेदन हाले। तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले तत्काल निवेदनमा तोक लगाएर मुद्दा चलाउन आदेश दिए। धनुषा र सिरहाका पर्यावरण संरक्षिणकारी पाँचैजना एक वर्षसम्म तारेख धाइरहे। प्रशासनले उनीहरूलाई झुलाइरह्यो।

कांग्रेस धनुषा क्षेत्र नं ४ को सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ।

सबैलामा अनियमितताको चाङ

चालु आर्थिक वर्षको बजेट र योजनाको दस्तावेज, संसदीय विकास कोषबाट काम भएका योजनाको स्पष्ट विवरण,कोभिड–१९ रोकथाम तथा क्वारेन्टिन सञ्चालनसहितको खर्चलगायतका विवरण नगरपालिकासँग माग गरे पनि नदिएपछि अनसन बस्न बाध्य भएको यादवले जानकारी दिए।

स्थानीय तहमा अनियमितताको चाङः पारदर्शी हुन डराउँछन् स्थानीय तह

महालेखापरीक्षकको कार्यालयका अनुसार ५८ औं प्रतिवेदनसम्ममा १८ वटा स्थानीय तहको चार अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ बेरुजु छ। धनुषामा एउटा उपमहानगरपालिका, ११ वटा नगरपालिका र छ वटा गाउँपालिका छन्।

एसिडपीडित आरतीको दर्दः एसिड छ्याप्नेलाई सजाय, बेच्नेलाई सफाइ

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेका आरतीका पति सञ्जीवलाई कसुर ठहर गरेको हो। सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने उनले बताए।

निर्माण नसकिँदै भासियो कमला नदीको पुल

पुलमा सवारी साधन नचल्दै पुलको स्पान धसिनुमा गलत डिजाइन वा डिजाइन विपरित काम भएको हुन सक्छ कणेलले राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र लेखेर भनेका छन्,‘कमला पुलको मापदण्ड परीक्षण गर्नु अवश्यक छ।’

दोहन रोक्नेलाई तारेखमाथि तारेख

२०७६ पुसको दोस्रो साता धनुषाको मिथिला नगरपालिका–५ का दीलिपकुमार महतोले ज्यानै गुमाउनु पर्‍यो। गाउँकै औरही खोलाको डिलमा सञ्चालित क्रसरले खोलामा एक्साभेटर लगाएर दोहन तीव्र पारेपछि दीलिप विरोधमा उत्रेका थिए। प्रशासन, प्रहरी र नगरपालिकाले दोहनकारीलाई साथ दिइरहँदा दीलिप धराप बनेर उभिएका थिए। दोहनकारीले लोभ्याउने प्रयास गरे तर सफल भएनन्। दोहनकारीको आँखामा गडेका दीलिपलाई टिपरले किचेर ‘हत्या’ गर्‍यो।

कर्मचारी मोटाउने, किसान दुब्लाउने लगानी कहिलेसम्म?

बिल्टु दाश (५० ) बि सं.२०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाई सरेर सिरहाको कर्जन्हा गाउँ आए। उनी धनुषाबाट कर्जन्हा बसाई सर्नुको एउटै स्वार्थ थियो– कमला नदीको पानीको प्रयाप्त सुविस्ता। त्यो बेला कमला नदीको पानीले मनग्य उत्पादन हुन्थ्यो। तीन चार फलस (बाली) उत्पादन हुन्थ्यो।

ट्रकको ठक्करबाट प्रदेश २ को मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्