१९ आश्विन २०८१ शनिबार
image/svg+xml

धनुषाको विजयी सुरुआत

पर्सालाई टाइब्रेकरमा ४–२ ले हराउँदै धनुषाले वीरगन्जमा शनिबारदेखि सुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा विजयी सुरुआत गरेको छ। निर्धारित ८० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

धनुषा घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ।

धनुषा विष्फोटः चन्द समूहको संलग्नता

तीन जनाको ज्यान जानेगरी धनुषाको महेन्द्रनगरमा भएको बम विष्फोटमा नेत्रविक्रम चन्द समूहको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

एक करोडको केरा आयात

जनकपुरमा छठ पर्वका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको छ। तराई मधेसबासीको सबैभन्दा ठूलो चाड छठका लागि एक करोड मूल्य बराबरको केरा आयात भएको हो। छठ पर्वलाई लक्षित गरी धनुषामा एक करोड मूल्य बराबरको केरा आयात भएको जनकपुर फलफूल तथा तरकारी व्यवसायी संघका निवर्तमान महासचिव रविन्द्र साहले जानकारी दिए।

न कारबाही हुन्छ न सुधार

धनुषामा सरोकारवाला निकायले पछिल्लो दुई महिनामा तीन पटक बजार अनुगमन गर्‍यो। खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, जिल्ला प्रशासन कार्यालय धनुषा, उपभोक्ता हकहित संरक्षण मञ्च, जनकपुर भन्सार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरीलगायतका सरोकारवाला निकायले संयुक्त रुपमा अनुगमन गरेका थिए।

धनुषामा प्रश्नपत्र आउट गर्ने पाँच जना पक्राउ

धनुषामा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन्। एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनुषामा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ। जिल्लाको पुर्वी क्षेत्र गणेशमान चारनाथ नगरपालिका–२ विरेन्द्र बजारस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएका छन्। पोखरीमा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको हो।

कामविहीन भए जनस्वास्थ्यका कर्मचारी

धनुषास्थित जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारी कामविहीन भएका छन्। संघीय संरचना अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने कामको जिम्मेवारी प्रदेश र स्थानिय तहमा सरेपछि कर्मचारी कामविहीन भएका हुन्।

धनुषामा रोजगार कार्यक्रमको सुरसार छैन

सरकारले चालु आर्थिक वर्षमै सुरु हुने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम धनुषाका अधिकांश स्थानीय तहमा अझै सुरु भएको छैन। १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई दिने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम विभिन्न कारणले सुरु हुन नसकेको स्थानीय तहका रोजगार संयोजकले बताएका छन्।

बिचौलिया पक्राउ गर्न प्रहरी सक्रिय

सरकारी कार्यालयका कर्मचारीले राम्ररी काम नगरेको भ्रम सिर्जना गरी बिचौलियाको काम गर्नेलाई प्रहरीले पक्राउ गर्न सक्रियता देखाएको छ। धनुषा प्रहरीले विभिन्न सरकारी कार्यालयहरूबाट बिचौलिया पक्राउ गर्न सक्रियता देखाएको हो।

सवारी दुर्घटनामा एक युवकको मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनियाँ बजार नजिकै सवारी दुर्घटना हुँदा युवकको मृत्यु भएको हो।

बालिका बलात्कार गरी जलाउने पक्राउ

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरकी ११ वर्षीया दुतिया रसाइलीको बलात्कार तथा हत्या आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। उक्त घटनाका मुख्य योजनाकार रहेको आरोपमा प्रहरीले धनुषाकै बटेश्वर–४ का २२ वर्षीय निरन भन्ने निरज जर्घामगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

‘हुन्डी कारोबारी’माथि चार अर्बको मुद्दा'

राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुन्डी कारोबार गरेको अभियोगमा आठजनाविरुद्ध चार अर्ब १६ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ।

माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई घाइते

धनुषाको धनुषाधाम नगरपालिकामा बिहीबार बिहान माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्