१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

धनुषाको विजयी सुरुआत

 वीरगन्ज - पर्सालाई टाइब्रेकरमा ४–२ ले हराउँदै धनुषाले वीरगन्जमा शनिबारदेखि सुरु भएको प्रदेशस्तरीय ‘प्रथम गिरिजाप्रसाद गोल्ड कप फुटबल प्रतियोगिता’ मा विजयी सुरुआत गरेको छ। निर्धारित ८० मिनेटमा दुवै टोलीले १–१ गोल गरेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।  

खेलको २७औं मिनेटमा धनुषाका प्रमोद यादवले हिलो गोल गर्दै आफ्नो टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा पर्साका सुधीर श्रेष्ठले जबाफी गोल गर्दै खेल बराबरीमा ल्याए।  त्यसपछि रोमाञ्चक बनेको खेलको निर्धारित समयमा दुवै टोलीले पटकपटक प्रयास गरे पनि गोल गर्न सकेनन् ।

गिरिजाप्रसाद फाउन्डेसन वीरगन्जको आयोजनामा आदर्शनगर रंगशालामा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत आइतबार रौतहट र महोत्तरीबीच खेल हुँदै छ। प्रतियोगिताको उपाधिविजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक संस्थाका अध्यक्ष मोहम्मद शाहबुद्दिनले जानकारी दिए।  प्रतियोगिताको शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले उद्घाटन गरेका थिए।

प्रकाशित: १९ माघ २०७६ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App