१९ आश्विन २०८१ शनिबार
image/svg+xml

गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस

बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।

धनुषामा अज्ञात समूहको गोली प्रहारबाट एक घाइते

धनुषामा सोमबार राति करिब ९ बजेतिर अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा घाइते भएका छन्।

गुठी जग्गा हडप्नेको दबाबमा सिडिओ सरुवा

धनुषाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलाई अस्वाभाविक रूपमा सरुवा गरेको आरोप प्रदेश सरकारका एक वरिष्ठ मन्त्रीले लगाएका छन्।

धनुषाको कुर्थामा वैकल्पिक सुक्खा बन्दरगाहको सम्भावना

वीरगन्जस्थित सुक्खा बन्दरगाहको संरचनाले अबको बढ्दो आयातलाई धान्न नसक्ने देखिएपछि धनुषाको कुर्थामा नयाँ सुक्खा बन्दरगाह बनाउने विषय अगाडि बढाइएको छ ।

धनुषामा पाँच वर्षीया बालिका बलात्कृत

धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।  बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। मादक पदार्थ सेवन गरी साहले बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीलाई खबर गरेपछि उनलाई पक्राउ गरिएको हो।

धनुषामा बम विस्फोट, एक महिला घाइते

धनुषाको पूर्वी क्षेत्र धारापानीमा विहीबार बम विस्फोट हुँदा जंगलमा घाँस काट्नका गएकी एक महिला घाइते भएकी छिन्।

यामाहाको नयाँ सोरुम धनुषामा

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।

धनुषा माछापालनको सुपरजोन घोषणा

कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। शुक्रबार शहीदनगर नगरपालिकामा आयोजित एक समारोहबीच कृषि मन्त्री रामकृष्ण यादवले माछापालक किसान बौवेलाल मुखियालाई माछाको भुरा हस्तान्तरण गरी जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेका छन्। शहीदनगर, ननुपट्टी निवासी मुखिया माछापालनको क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका किसान हुन्।

धनुषा १ मा मातृका प्रसाद यादव विजयी

नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव धनुषा १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनले २६४१८ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७२९६ मत प्राप्त गरे।

धनुषा-३ मा राजेन्द्र महतोको ११ सय मतको अग्रता

धनुषा-३ को प्रतिनिधि सभातर्फको मतपरिणाममा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले अग्रता लिइरहेका छन्।

रौतहट र धनुषामा राजपाको अग्रता

प्रतिनिधि सभाको मतगणना प्रदेश नम्वर २ मा आज बिहानबाट सुरु भएको छ । ताजा परिणाम अनुसार रौतहटको १ नम्बर र धनुषा ३ नम्बर क्षेत्रबाट राजपा नेपालका उम्मेदवारले नेपाली काँग्रेस माथि अग्रता लिएका छन् ।  राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यद्वय अनिलकुमार झा र राजेन्द्र महताले नेपाली काँग्रेसका उम्मेदवार माथि अग्रता कायम गरेको छ । रौतहटको निर्वाचन क्षेत्र नम्वर १ मा राजपा नेपालका उम्मेदवार झाले नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद यादव र धनुषा ३ मा राजपा नेपालका महतोले काँग्रेसका विमलेन्द्र निधि लाई पछाडि पार्दै आफ्नो अग्रता कायम गरेको छ।

भारतीय राजदूतले धनुषा-३ को चुनाबी माहोल निधिलाई सुनाए

भारतीय राजदूत मञ्जिवसिंह पुरीले ओम अस्पताल पुगेर उपचाररत नेपाली काँग्रेस नेता विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। शुक्रबार दिउँसो भारतीय राजदूत पुरी चावहिलस्थित अस्पताल पुगेर निधिको स्वास्थ्य लाभको कामना गरेका हुन्।

धनुषा–३ मा राजेन्द्र महतोलाई रोक्न निधिको प्रयास

चुनाब तालमेलका लागि नेपाली काँग्रेस–राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको प्रयास असफल भएपछि राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रतिनिधिसभाका लागि धनुषा–३ वाट उम्मेदवारी दिने निश्चित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्