१९ आश्विन २०८१ शनिबार
image/svg+xml

सहिदनगरमा माओवादी, धनुषाधाममा काँग्रेस विजयी

धनुषाको सहिदनगर नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर विजयी भएका छन् । मेयरमा उदय यादवले ५ हजार ९१ मत पाएका छन् भने उपमेयरमा शिलादेवी कापरले ४ हजार २ सय १८ मत पाएकी छिन् ।

धनुषाको धनौजीमा काँग्रेस विजयी

धनुषाको धनौजी गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका बद्रीनारायण सिंह र उपप्रमुखमा रामवतीदेवी मण्डल विजयी भएका छन्। एमालेका राजकुमार यादवलाई ३५५ मतको अन्तरले काँग्रेसका सिंह जितेका हुन्। काँग्रेसका सिंहले २ हजार ४२० र एमालेका यादवले २ हजार ६५ मत प्राप्त गरेका छन्।

धनुषाको जनकनन्दिनीमा कांग्रेस, मुखियापट्टीमा एमाले विजयी

धनुषाको जनकनन्दिनी गाउँपालिका प्रमुखमा कांग्रेसका अब्दुल वारिक शेख र उपप्रमुखमा भारती कार्की विजयी भएका छन्।

धनुषाको बटेश्वरमा एमाले, औरहीमा कांग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका प्रमुखमा एमालेका डम्बरबहादुर राउत र उपप्रमुखमा प्रमिला देवी विजयी भएका छन्। राउतले २ हजार ३७७ र प्रमिलाले २ हजार २९० मत पाएका छन्। उनीहरुका निकटतम प्रतिद्वन्दी प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका रामअशिष महतो र जनारसी देवीले क्रमशः २ हजार ३०३ र २ हजार १९६ मत प्राप्त रेका छन्।

धनुषा एमालेमा तीब्र असन्तुष्ट, टिकेट बेचेको आरोप

धनुषा एमालेमा तीब्र असन्तुष्टि छाएको छ। पार्टीको निर्णयविपरीत टिकट वितरण गरेको भन्दै पार्टीमा तीब्र असन्तुष्टि छाएको हो। शुक्रबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा ठूलो चलखेल भएको जनाएको छ।

धनुषाका १३ सय परिवार विस्थापित

धनुषास्थित कमला नदीको नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ। कमलासिद्धिदात्री नगरपालिका माचिझिटकोहियाका ७४ वर्षीय शोभित साहको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिए।

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

वर्षाका कारण धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासियो

अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषा र मोहत्तरी जोड्ने रातो पुल भासिएको छ। पुल भासिएपछि पुलमा भारी सवारी अवरो गरिएको छ। हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ। पुल ४ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ।

प्रधानसेनापति क्षत्री तराईको अवस्था बुझ्न धनुषामा

सप्तरी घटनापछि पहिलो पटक प्रधानसेनापति राजेन्द्र क्षत्री सर्लाही, सप्तरी र धनुषामा रहेका गणको निरीक्षण भ्रमणमा निस्किएका छन्।

धनुषामा फोरम विभाजित

संघीय समाजवादी फोरम नेपालको धनुषा कार्यसमिति विभाजित भएको छ। उपेन्द्र यादवको फोरम र अशोक राईको संघीय समाजवादी पार्टीबीच एकता भएयता भएको पहिलो अधिवेशनमै धनुषा पार्टी दुई चिरामा विभाजित भएको हो।

धनुषामा एकै दिन तीनको मृत्यु

धनुषाको विभिन्न स्थानमा शुक्रबार तीन जनाको मृत्यु भएको छ। एक बालक र एक अधवैसे मृत अवस्थामा फेला परेका छन् भने ६० वर्षीय एक वृद्धले घाँटीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

धनुषा –५ मा अझै अनिश्चित, जिल्ला पनि अन्यौलमै

पार्टीको महाधिवेशन अघि विभिन्न पटक गरी तीन चोटी कार्यतालिका बनाएर केन्द्रबाटै प्रतिनिधि खटाइएपनि सम्पन्न हुन नसकेको धनुषा –५ को कांग्रेस क्षेत्रीय अधिवेशन अझै अनिश्चित छ। असार पहिलो साता जसरी पनि सम्पन्न गरिसक्नुपर्ने नेतृत्व तहमा समझदारी भएको जिल्ला अधिवेशनसमेत क्षेत्रीय अधिवेशन हुन नसकेकै कारण अन्योलमा परेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्