२१ असार २०८१ शुक्रबार
image/svg+xml

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ।थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो।

घरधन्दा छाडेर उत्तरायणीमा रमाउँछन् सुदूरका चेली

सुदूरका चेलीबेटी हरेक वर्ष माघ ३ गते घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै उत्तरायणी पर्व मनाउने गर्छन्।

भक्तपुरमा आज दिनभर दान कार्यक्रम चल्यो

भक्तपुरमा आज सोमबार दिनभर दान कार्यक्रम चलेको छ। भक्तपुर नगरपालिका वडा नं १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा दिनभर दान कार्यक्रम चलेको हो। विशेष गरेर भक्तपुर नगरका विभिन्न वडावासीहरू दान कार्यक्रममा सहभागी भएका थिए।

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो

माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ।

माघे सङ्क्रान्ति: इलाम माइबेनीमा धार्मिक मेला

इलामको प्रसिद्ध धार्मिक स्थल माइबेनीमा माघे सङ्क्रान्ति अवसरमा मेला लागेको छ। मेलामा इलाम, झापा, पाँचथर ताप्लेजुङसहित सीमावर्ती भारतका दार्जिलिङ, सिलिगुडी लगायत स्थानबाट समेत हजारौँ भक्तजन भेला भएका छन्।

दर्शक टुँडिखेल प्रवेश गर्दा भएको थियो धकेलाधकेल

मानिसहरू धेरै मात्रामा टुँडिखेल पुग्दा भीड बढेको छ। भीड अनियन्त्रित हुँदा टुँडिखेलमा माघी मनाउन पुगेकाहरू घाइते भएका छन्। घाइते हुनेको संख्या आठ पुगेको छ।

टुँडिखेलमा माघी मनाउनेको भीड (तस्बिरहरु)

सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेका सर्वसाधारणको अत्याधिक भीड लागेको हो।

टुँडिखेलको माघी मेलामा चेपिएर दर्शक घाइते

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरू चेपिएर घाइते भएका छन्। माघी मनाउन पुगेका दर्शकहरुको भीड अनियन्त्रित हुँदा दर्शकहरु घाइते भएका हुन्।

कक्फेक्वा तङनाम पर्व मनाउँदै लिम्बु समुदाय

लिम्बु समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन्। लिम्बु समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन्।

सभामुख घिमिरेद्वारा शुभकामना व्यक्त

सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति-माघी पर्वका अवसरमा सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

मधेसमा तिलासँक्रायत

मधेस प्रदेशमा आज तिलासँक्रायत पर्वको उमङ्ग छ। माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई’ (तील, चिउरा, मुरी र जुनेलाका सख्खरको खुँदोमा मिलाएर बनाइएका लड्डु) खाने, ख्वाउने परम्परा छ।

देवघाट धाममा बिहानैदेखि भक्तजनको घुँइचो (तस्बिरसहित)

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्तिको अवसरमा भक्तजनको घुँइचो लागेको छ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ: राष्ट्रपति

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

किन खाइन्छ माघे सङ्क्रान्तिमा घिउ-चाकु र कन्दमूल?

पोषण तत्त्वको हिसाबले तिलको तेलमा करिब ७५ प्रतिशत ओमेगा फ्याट पाइने हुनाले उच्च रक्तचाप र मुटुका बिरामीहरूका लागि अन्य तेलभन्दा यो तेल उत्तम मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्