काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउनेहरूको भीड लागेको छ।
सोमबार मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेका सर्वसाधारणको अत्याधिक भीड लागेको हो।
भीड अनियन्त्रित हुँदा चेपिएर केही दर्शकहरू घाइते भएका छन्। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।
सोमबार मगर समुदायको माघे संक्रान्ति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुँदै छन्।
प्रकाशित: १ माघ २०८० ११:२५ सोमबार