१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सुनसरी–मोरङका उद्योगमा साढे २ अर्बको क्षति

तीनवटा उद्योग सञ्चालनमा आउने थप चार हप्ता लाग्ने र चारवटा उद्योग सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग सङ्गठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए।

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ। नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो।

ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।

वीरगञ्ज नाका हुँदै बेचिन लागेका दुई युवतीको उद्धार

श्रीमान विदेशमा रहेका गोरखा माईती र घर तनहुँ भएकी रिमालाई उनकै आफ्नै आमाजु र आमाजुका श्रीमानले बेच्न प्रयास गरेको खुलेको छ।

वीरगञ्जमा भएको घटनाको छानबिनका लागि समिति गठन

वीरगञ्ज महानगरपालिकाको घण्टाघरस्थित चोकमा प्रहरीबाट भएको गैरव्यावसायिक व्यवहारको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईका संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।

१९ सय पर्ने अक्सिमिटर ३५ सयमा बेच्ने एक पक्राउ

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो।

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ। रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो।

पर्सामा स्वास्थ्य महाशाखा प्रमुख र ९ प्रहरीसहित थप ७५ जना संक्रमित

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतो, पर्सामा कार्यरत ९ जना प्रहरी र नारायणी अस्पतालका ३ कर्मचारीसहित वीरगन्जमा ७५ जना नयाँ कोरोना संक्रसिमत थपिएका छन्।

चिकित्सक, सेना र बैंकर्स सहित वीरगन्जमा थपिए ४३ संक्रमित

वीरगन्जमा एक जना चिकित्सक, नेपाली सेनाका ११ जना र एक बैंकर्ससहित वीरगन्जमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यहाँ स्थित नारायणी अस्पतालको पीसिआर प्रयोगशालाको बुधबार राति आएको परीक्षण रिपोर्ट अनुसार संक्रमित भेंटिएकाहरुमा बाराको देवतालका एक जना र रौतहट मौलापुरका एक जना पनि छन्।

वीरगञ्जमा यसरी फैलियो संक्रमण

बैशाख १ गत्ते वीरगंज महानगरपालिका–३ छपकैया मुस्लिम बस्तीका ३६ वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ पुष्टि भयो। उनलाई तत्काल नारायणी अस्पताल वीरगंजको आइसोलेसन कक्षमा भर्ना गरेर निगरानीमा राखियो। तर, उनको नजिकको सम्पर्क व्यक्ति अर्थात परिवारलाई तत्काल परीक्षणको दायरामा ल्याइएन।

वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। सुरुमा उनीहको नमुना संकलन गरेर वीरगञ्जबाट हेटौंडा पठाइएको थियो।

लकडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ।

यसरी भयो वीरगञ्ज कलाकारमय

कात्तिक २१ देखि २३ सम्म वीरगञ्जमा नेपाली चलचित्र स्वर्णिम महोत्सवको आर्थिक नगरी कलाकारमय भयो । महोत्सवको प्रारम्भमा गरिएको प्रभातफेरीमा भारतीय चर्चित अभिनेता गोविन्दा, नेपाली चलचित्रका अभिनेता शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, अनमोल केसी, प्रदीप खड्का, वरिष्ठ कलाकार नीर शाह, नायिका साम्राज्ञी राज्यलक्ष्मीशाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंह, नायिका पल शाह, केकी अधिकारीका साथै नेपालका दर्जनौं चलचित्रकर्मी सहभागी भए ।

३० प्रतिशत नगरवासी अझै खुल्ला ठाउँमा शौच गर्दै

प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्