१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पर्सामा स्वास्थ्य महाशाखा प्रमुख र ९ प्रहरीसहित थप ७५ जना संक्रमित

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतो, पर्सामा कार्यरत ९ जना प्रहरी र नारायणी अस्पतालका ३ कर्मचारीसहित वीरगन्जमा ७५ जना नयाँ कोरोना संक्रसिमत थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालाबाट शनिबार राति आएको परीक्षणमा १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए। संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका गरी चार जना अरु जिल्लाका हुन्।  

वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अगाडि त्यहाँका नगरप्रमुख विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलासहित अन्य अधिकृत, कर्मचारी र वडा अध्यक्षहरु संक्रमित भइसकेका छन्। उनीहरुसंगै काम गरेको हुनाले महतोले गत बुधबार स्वायब परीक्षण गराएका थिए। शनिबार राति कोरोना संक्रमण पुष्टि भएकामध्ये ८ जना संक्रमितमा ज्वरो र खोकीजस्ता लक्षण देखिएको बताइएको छ। नयाँ संक्रमितमध्ये २९ जनालाई पहिले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको क्रममा जाँच गरिएको हो भने ११ जनाले सशुल्क परीक्षण गराएका थिए।  

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारी, माहानगरपालिकाको वरुणयन्त्रका दुईजना कर्मचारीमा पनि कोरोना देखिएको छ। गणेशमान चोक, भानुमार्ग, राधेमाई, नगवा, घडीअर्वा, भिस्वा, महावीर टोल, कुम्हाल टोल, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्ली र पटेलनगरका ब्यक्तिहरु संक्रमितको सूचीमा छन्। पर्साकै पकाहामैनपुर गाउँपालिकाका दुई, बिन्दवासनी गाउँपालिकाका ३ र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ।  

 

प्रकाशित: २५ श्रावण २०७७ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App