१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनसरी–मोरङका उद्योगमा साढे २ अर्बको क्षति

कात्तिक १ गतेदेखि ३ गतसम्म आएको बाढीले सुनसरी मोरङ औद्योगिक करिडोरमा साढे २ अर्बको अर्ब रुपैयाँको क्षति भएको छ। उद्योग संगठन मोरङले बाढीले पुगेको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गर्दै सुनसरी–मोरङ औद्योगिक करिडोरका ४१ वटा उद्योगमा २ अर्ब ४७ करोड, १८  लाख ९८ हजार रुपैयाँ बराबरको क्षति पुगेको  जनाएको हो।

उद्योग सङ्गठन मोरङले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै मेसिन औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थमा ७१ करोड २५ लाख ७० हजार, तयारी बस्तुमा ७६ करोड चार लाख पाँच हजार क्षति भएको जनाएको छ।

त्यस्तै सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड ७१ लाख ६५ हजार  बराबरको क्षति भएको छ। ४१ उद्योगको दैनिक प्रशासनिक खर्च पाँच करोड छ। बाढी प्रभावित उद्योगमध्ये २७ वटा एक सातापछि सञ्चालनमा आएका थिए।

सात उद्योग अझै दुई हप्तापछि सञ्चालनमा आउने छन्। तीनवटा उद्योग सञ्चालनमा आउने थप चार हप्ता लाग्ने र चारवटा उद्योग सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग सङ्गठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०७८ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App