५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

वीरगञ्जमा छात्रामाथि एसिड प्रहार

वीरगञ्ज  – वीरगञ्जमा छात्रामाथि एसिड प्रहार भएको छ। विद्यालय जाँदै गरेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो।  खातुनमाथि शुक्रबार बिहानै एसिड प्रहार भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया बस्ने खातुनमाथि २ जना युवकले एसिड प्रहार गरेका हुन्। प्रहरीका अुनसार छपकैयास्थित आफनो घरबाट बिहान विद्यालय जानेक्रममा ती युवकहरुले खातुनमाथि वीरगञ्ज ६ गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् ।

पर्साका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले एसिड प्रहार गर्ने छपकैया टोलकै सम्साद मिया मक्सेद आलम रहेको बताए। उनले भने,‘उनी पक्राउ परिसकेका छन् ।’ एसिड प्रहारले गम्भीर घाइते भएकी छात्रालाई उपचारको लागि नारायणी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: २० भाद्र २०७६ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App