६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

१९ सय पर्ने अक्सिमिटर ३५ सयमा बेच्ने एक पक्राउ

निषेधाज्ञाको मौका छोपी पल्स जाँच गर्ने मेसिन(अक्सिमिटर) को बढी मूल्य लिएको आरोपमा वीरगञ्जबाट एक पक्राउ परेका छन्।

प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरेको हो।

तिवारीले आफ्नै घरमा खोलेको औषधी पसलमा एक हजार ९ सय रुपैंया पर्ने अक्सिमिटरलाई ३ हजार ५ सय रुपैंयाभन्दा बढी मूल्य लिएर कालोबजारी गरेको आरोपमा शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ। प्क्राउ परेका तिवारीको पसलबाट १२ थान अक्सिमिटर समेत बरामद गरेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २५ वैशाख २०७८ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App