३ मंसिर २०८१ सोमबार
image/svg+xml

वीर अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा

नेपालको सबैभन्दा ठूलो र पुरानो वीर अस्पतालले आजबाट आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएको छ ।  अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतले मन्त्रालयले दिएको रु ३० लाखबाट फार्मेसी सुरु गरिएको बताए ।

अमेरिकका पूर्वराष्ट्रपति बुस अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच.डब्लु.बुस अस्पताल भर्ना भएका छन्। ९२ वर्षका बुसलाई होस्टनस्थित अस्पतालमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले बुधबार जनाएका छन्।

मापदण्ड मान्दैनन् निजी अस्पताल

जिल्लाका अधिकांश निजी अस्पतालले अति विपन्नका लागि १० प्रतिशत शड्ढया निःशुल्क गर्नुपर्ने नियम नमानेको देखिन्छ । सरकारले तयार पारेको स्वास्थ्य निर्देशिका ०७० अनुसार १० प्रतिशत शड्ढया निःशुल्क लागू गर्न स्वास्थ्य मन्त्रालयले गत महिना मात्रै परिपत्र गरे पनि अस्पतालले अटेरी गर्दै आएका हुन् ।

अस्पताललाई 'क्यान्सर'

सरकारी अस्पतालका चिकित्सक र सरकारी विद्यालयका शिक्षकमाथि सरकारले ठूलो लगानी गरेको हुन्छ। तर, यी दुवै क्षेत्रबाट अपेक्षित प्रतिफल राज्यले प्राप्त गर्न नसकेको गुनासो निरन्तर आइरहेको छ। पछिल्लो समय चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकलाई लिएर राष्ट्रिय चिन्ता उत्पन्न हुन पुगेको छ।

फूलकुमारी अस्पतालमा आमा र बच्चा विशेषज्ञ सेवा सुरु

एनआरएनका संस्थापक अध्यक्ष एवं उद्योगपति डाक्टर उपेन्द्र महतोले गुणस्तरीय स्वस्थ्य सेवाकालागि अव नेपालीले विदेश जानुपर्ने अवस्था छिटै हट्ने बताएका छन्।

शिक्षण अस्पतालको काउन्टरबाट दिउँसै करिब लाख रुपैयाँ गायब

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको क्यास काउन्टरबाट ९५ हजार रुपैयाँ गायब भएको छ। शुक्रबार दिउँसो १ बजेपछि काम गर्ने कर्मचारीहरु खाजा खान गएका बेला उक्त रकम हराएको बुझिएको छ।

एसियाकै ठूलो अस्पताल बनाउने योजना छ

प्राध्यापक डा. बलभद्रप्रसाद दास धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन्। प्रतिष्ठान आर्थिक संकट र बेथितिले लथालिंग भएका बेला उनी उपकुलपति बनेका हुन् । उनलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले नियुक्त गरेका हुन्।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

बलिउड अभिनेता धर्मेन्द्र अस्पताल भर्ना

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा खराबी आएपछि अस्पताल भर्ना भएका छन्। उनी मुम्बइको नानावती अस्पतामा भर्ना भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अस्पताल सुधार्दै स्वास्थ्यमन्त्री

हरियाली बगैंचाको बीचमा सेता भवन– बाहिरबाट हेर्दा चिटिक्कको छ भरतपुरस्थित क्यान्सर अस्पताल। बिपी कोइरालाको नाम राखेर चीन सरकारले मित्रताको प्रतीकस्वरुप १७ वर्षअघि बनाइदिएको उक्त अस्पताल बाहिरबाट हेर्दा देखिनेजस्तो सानदार कदापि छैन। केही वर्षअघिसम्म एसियाकै राम्रो मानिएको क्यान्सर अस्पताल अहिले बेथितिको नमुना बन्दै छ।

क्यान्सर अस्पताललाई ‘क्यान्सर’

भरतपुर क्यान्सर अस्पतालमा उपकरण खरिद, व्यवस्थापनलगायत विषयमा ठूलो आर्थिक अनियमितता भएको उच्चस्तरीय छानबिनले देखाएको छ।

सरकारी अस्पताललाई सबैको साझा अस्पताल बनाउँछु: गगन थापा

स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पताललाई गरिव र सर्वसाधारणको साझा अस्पताल बनाउनुपर्ने बताएका छन्।

स्वास्थ्यमन्त्री थापाद्वारा क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी निर्देशकसंग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयको टोलीले अस्पतालको अनुगमन गरेर प्रतिवेदन पेस गरेपछि स्वास्थ्य मन्त्री गगन थापाले सञ्चालक समिति अध्यक्ष डा प्रकाशराज न्यौपाने र कार्यकारी निर्देशक डा चीनबहादुर पुनलाई तीनदिनभित्र लिखित जवाफ दिन स्पष्टीकरण माग गरेका हुन्।

विपन्नलाई अब महँगा अस्पतालमै निःशुल्क सेवा

महँगा निजी अस्पतालले अब विपन्नलाई निश्चित कोटामा निःशुल्क उपचार सुविधा दिनुपर्ने भएको छ। सरकारले ल्याएको नयाँ मापदण्डअनुसार त्यस्ता अस्पतालले पूर्ण शऒ्ढयाको १० प्रतिशत विपन्नका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयन तयारीमा छ।

अस्पतालका उपकरण

सार्वजनिक संस्थानहरूको नाम लिने बित्तिकै हामीकहाँ एउटा खराब चित्र मानसपटलमा पैदा हुन्छ। लथालिंग अवस्थामा रहेका यस्ता संस्थानले सर्वसाधारणलाई सुविधा दिन सक्दैनन्। यस्ता संस्थान प्रभावकारी हुन नसकेको मौका छोपी नाफाखोर प्रवृत्ति मौलाउन पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्