४ मंसिर २०८१ मंगलबार
image/svg+xml

अस्पतालमा मेसिन बिग्रँदा एचआइभी संक्रमित समस्यामा

सात वर्षदेखि एचआइभी संक्रमित सुर्खेत बाबियाचौरका उपेन्द्र आचार्य सिडिफोर र भाइरसलोड परीक्षण गराउन घर छोडेको पाँच दिन भयो। क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा सिडिफोर र भाइरसलोड परीक्षण गर्ने मेसिन बिग्रिएकाले उनी नेपालगन्ज पुगे, त्यहाँ पनि सेवा पाउन सकेनन्।

जापान आएका नेता पौडेलले अस्पताल मागे

जापान सरकारको निमंत्रणामा जापान भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल-जापानबीचको सम्बन्ध थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त

चिकित्सकको लापरबाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेपछि विराटनगरस्थित कोसी अञ्चल अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ ।

डा. केसीको समर्थनमा जाजरकोट अस्पतालमा इमर्जेन्सी बाहेक सबै सेवा बन्द

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर गोविन्द केसी प्रति समर्थन जनाउँदै यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

सगरमाथा अस्पतालमा पनि अनशन

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्नुपर्ने मागसहित मधेसी मोर्चा सप्तरीका नेताहरू बुधबारदेखि अस्पताल परिसरमै आमरण अनशन बसेका छन् । मधेसी मोर्चा सप्तरीका संयोजक सुबी यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी, अवकाश प्राप्त प्रधानाध्यापक जयसुन्दर खिडहरी यादव, सावित्री पण्डित र प्रभाकर सिंह आमरण अनशन बसेका हुन् ।

पूर्व उपप्रधानमन्त्री केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

माग पूरा नभए सरकारी अस्पताल बन्द

चिकित्सा शिक्षा सुधारको माग राख्दै १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका मागबारे छलफल गर्न र अनशन अन्त्य गर्न सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ।

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल कान्ति अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका थिए।

करिना कपुर अस्पताल भर्ना

बलिउड अभिनेत्री करिना कपुरलाई अस्पताल भर्ना गरिएको छ। गर्भवती रहेकी करिनलाई पश्रव पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। संचारमाध्यमले करिना छिट्टै आमा बन्ने उल्लेख गरेका छन्। करिना पहिलो बच्चालाई जन्म दिँदैछिन्। करिनाका श्रीमान सैफ अली खान र उनको परिवार नयाँ बच्चाको पर्खाइमा रहेका छन्।

क्यान्सर अस्पतालमा ‘प्रसाद’ शीर्षकमै दुई लाख खर्च

गरिब बिरामीलाई उपचारमा सहुलियत दिन बजेट अभाव भएको जनाउँदै आएको यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अनावश्यक खर्च प्रशस्त भएको पाइएको छ । अस्पतालमा दसैँ, तिहार र विश्वकर्मा पूजामा प्रसादका लागि मात्रै रु एक लाख ९५ हजार ५७७ खर्च भएको छ ।

पतिको कुटाइले महिलाको मृत्यु, खर्च नहुँदा अस्पतालले पनि हेरेन

घरेलु हिंसामा परेकी रोल्पा थवाङ–८ की ४८ वर्षीय सुनकुमारी नेपालीको बेलैमा राम्रो उपचार हुन नपाएपछि भैरहवामा उपचार गर्दागर्दै मृत्यु भएको छ। भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्र्दागर्दै शनिबार साँझ उनको मृत्यु भएको हो।

अस्पतालमा दिनहुँ थपिदै डेंगेका बिरामी

डेंगे रोगबाट संक्रमित बिरामीको संख्या नेपालगन्जका अस्पतालमा दिनहुँ थपिदै गएको छ। भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मध्य र सुदुरपश्चिमका विभिन्न जिल्लाबाट आएका बिरामीले उपचार गराएका हुन्।

अस्पतालको उपचारमा अविश्वास

गत भदौ २१ मा घोराही– ५ की नारायणी बुढाथोकीलाई सुत्केरी व्यथाले च्याप्यो । श्रीमान् विकासले उनलाई सोही दिन नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याए । सुरुमा अस्पतालले औषधि दियो ।

अब अस्पताल छिर्दा नाक थुन्नु पर्दैन...

मध्ये क्षेत्रकै सुविधासम्पन्न सरकारी अस्पतालका रुपमा परिचित चितवनको भरतपुर अस्पतालमा प्रवेश गर्दा बेलाबेलामा मास्क लगाएर हिँड्नुपथ्र्यो । मास्क नहुनेले केही समय सास रोकेरै दुई हातले नाक च्यापेर हिँड्थे । बिरामी, बिरामीका आफन्त, सवारी चालक या कुनै आगन्तुक यस्तै समस्याले भरतपुर अस्पताल छिर्दा हैरानी खेप्थे । यसरी हैरानी खेप्नुको मुख्य कारण चाहिँ भरतपुर अस्पतालको मूलढोकामै अव्यवस्थित शवगृह रहनु हो । उचित व्यवस्थापन नहुँदा र लामो समय शव राख्नुपर्दा दुर्गन्ध फैलिएर वरपर हिँड्नै नसक्ने हुन्थ्यो ।

स्वास्थ्य मन्त्रीका नजरमा म्याग्दी जिल्ला अस्पताल नमुना

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सीमित साधन र स्रोत भए तापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्