१० मंसिर २०८१ सोमबार
image/svg+xml

इराक घटनामा मारिएका परिवारको पीडा पुस्तकमा

वैदेशिक रोजगारी र त्यससँग सम्बन्धित विषयवस्तुमा केन्द्रित रहँदै पुस्तक प्रकाशन गर्ने क्रम बढ्दो छ ।यसैक्रममा विदेशी लेखकलाई समेत नेपालीले रोजगारीको क्रममा विदेशमा भोगेका घटना रुचि लाग्न थालेका छन् । यस्तै उदाहरण हो– अ गर्ल फ्रम काठमाडौंं ।

भूकम्पबाट बिस्थापितका पीडा

सरकारले बल्लबल्ल भूकम्पका कारण बिस्थापित भएकालाई अन्यत्र सुरक्षित ठाउँमा बसोबास गर्न भन्दै जग्गा किन्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ तर न उक्त दुई लाखले जग्गा आउने अवस्था छ न त जग्गा आइहाले पनि गरिखाने अरु आधार नै त्यहाँ उपलब्ध छ । यस्तो अवस्थामा बिस्थापितका लागि यो सरकारी सहयोग ‘निल्नु न ओकल्नु’ सावित भएको छ । रसुवाको यार्सा–४ स्थित यस्तै बिस्थापितका बस्ती यो पीडाको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

निःशुल्क उपचारका नाममा पीडा थपियो

निःशुल्क उपचार सुविधा पाउने आसमा जिल्ला अस्पताल धादिङबेसी पुगेका नीलकण्ठ नगरपालिका–९ काफलपानीका तुलबहादुर परियारलाई उपचार होइन पीडा थपिएको छ।

निःशुल्क उपचारका नाममा पीडा मात्रै

निःशुल्क भन्ने साथ मानिसहरू जतिसुकै टाढा र जुनसुकै महत्वपूर्ण काम पन्छाएर सेवा लिन आतुर रहन्छन्। जतिसुकै धन सम्पति होस तर निःशुल्क सेवाको सदुपयोगमा लाग्ने गर्छन्।

‘प्रादेशिक महोत्सव’ मा राजधानी नबनाउँदाको पीडा र आक्रोश

संघीयता कार्यान्वयका लागि सरकारले हालै स्थायी प्रादेशिक राजधानी कायम गर्दा मुलुकका थुप्रै ठाउँमा बन्द, हड्ताल र प्रर्दशन गरियो। प्रादेशिक राजधानीबाट बञ्चित हुन पुगेको नेपालगन्जमा स्थानीय उद्योग वाणिज्य संघले भने बन्द, हड्ताल र प्रर्दशनको सट्टा प्रादेशिक महोत्सव सञ्चालनको तयारी ग-यो।

झरी र हिमपातले भूकम्प पीडितलाई झन् पीडा

तेस्रो हिउँद अस्थायी टहरोमा गुजारिरहेका भूकम्प पीडित बुधबारको झरीले थप कठ्यांग्रिएका छन्। हिमाली क्षेत्रमा झरीसँगैको हिमपातले पीडितका टहरोमा ठिही निम्त्याएको छ भने ह्वात्तै जाडो बढ्दा मध्ये तथा वेँसी क्षेत्रकै जनजीवन प्रभावित भएको छ।

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

नेपाली कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले डोटीको ऐतिहासिक बिरासत खोस्दै ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिदियो। गणतन्त्रका लागि लडेको आफ्नै पार्टीले गरेको निर्णय उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो।

अचानक मृत्युको चिठी पाउँदा झन् पीडा

खिमुमाया पाठक पतिको अवस्था र सत्यतथ्य थाहा पाउन विगत १८ वर्षदेखि प्रतीक्षामा छन्। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षले उनका पति ढाकाराम पाठकलाई बेपत्ता पारेको थियो। बेपत्ता पारिएका पतिको लास वा सास नपाउँदा काजकिरियासमेत नगरेकी खिमुमायालाई बेपत्ता छानबिन आयोगले हालै पठाएको चिठीले थप पीडा दिएको छ।

समानुपातिक पद्धतिमा विकृति : बन्दसूचीको पीडा

समावेशी र समानुपातिक पद्धति जसलाई चाहिएको हो त्यसैबाट यसको विरोध गराउने काम सुरु भएको छ । समावेशी र समानुपातिक प्रणाली राम्रो भए पनि अहिले यसलाई विकृत बनाउने प्रयास भएको छ ।

हँसिला सुन्दरीको पीडा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदानमा झन्डै दुई दशकयता क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ । अघिल्लो साता मात्र त्यहाँ एभरेस्ट प्रिमियर लिग (इपिएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताका सम्पन्न भएको छ । त्रिवि मैदानमा पहिले आयोजना हुने प्रतियोगिता र अहिले हुने प्रतियोगितामा व्यापक परिवर्तन भएको छ ।

वृत्तचित्रमा पार्किन्सन्स पीडा

फिल्म ‘हाँसी देऊ एक फेर’ को सुटिङमा लड्नुपर्ने दृश्यमा अभिनय अभिनेता मदनकृष्ण श्रेष्ठको ढाड दुख्यो । तर, दुखाइलाई बेवास्ता गर्दै  सुटिङ जारी राखे । त्यो सुटिङ सकिएको केही महिनापछि ‘हिंसा अन्त्य अभियान’का लागि प्लेनमा नेपालगञ्ज जाँदा उनको दाहिने काँध हात दुख्यो ।

‘बोर्डर’मा सीमानाको पीडा

नेपाल र भारतको सिमानामा बस्ने बासिन्दाले भोग्नुपरेको समस्या र त्रासदीलाई विषय बनाएर रवीन्द्र कार्की लिखित उपन्यास ‘बोर्डर’ सार्वजनिक भएको छ । राजधानीमा गत शनिकार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, कवि विप्लव प्रतीक, पत्रकार फणिन्द्र संगम, डोलेन्द्र थापालगायतले पुस्तक सार्वजनिक गरे ।

‘हरियो ढुंगा’मा शरणार्थी पीडा

रातुको बगरमा ढुंगा खोज्ने निचुले कान्छाले एकदिन हरियो ढुंगा फेला पार्छ । देखिरहेको ढुंगाभन्दा फरक ढुंगाले निचुलाई कौतुहल बनाउँछ । उसले त्यो ढुंगा आफ्नी श्रीमतिलाई देखाउँछ । पालैपालो सबैले हेर्छन् । ढुंगालाई कसैले हिरा भन्छन् त कसैले यसलाई अमूल्य वस्तु भन्ठान्छन् ।

खै त पीडितमा पीडा साटिएको अनुभूति ?

स्वीकार्यता, पीडितको पीडा साट्ने, पीडामा मलम लागेको अनुभूति र सन्तुष्टि प्रदान गर्ने पीडितकेन्द्रित कार्यप्रणाली एवं भविष्यमा त्यस प्रकारका ज्यादती नदोहोरिने सुनिश्चितताले मात्र आयोगको औचित्य पुष्टि हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्