३ मंसिर २०८१ सोमबार
image/svg+xml

एमाले अभियान बिथोल्ने निर्णय छैन : मोर्चा

मधेसी मोर्चाले एमालेको मेची–महाकाली अभियान बिथोल्ने निर्णय नभएको प्रस्ट पारेको छ। एमालेले संविधान कार्यान्वयन र राष्ट्रिय एकताका लागि भन्दै शनिबारदेखि १५ दिने मेची–महाकाली यात्रा सुरू गरेको छ।

खोप अभियान रोक्ने कर्मचारी निलम्बित , पक्राउ गर्न गृहको निर्देशन

राष्ट्रिय पोलियो खोप कार्यक्रम ‘तालिबानी शैली’ मा अवरोध गर्ने तीन जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखसहित विभिन्न जिल्लाका १८ स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयले निलम्बन गरेको छ। संवेदनशील र अत्यावश्यकीय स्वास्थ्य सेवा प्रवाहमा अवरोध गरी पदीय जिम्मेवारीअनुरुप काम नगरेको भन्दै सचिवस्तरीय निर्णयले उनीहरुलाई निलम्बन गरिएको हो।

मेची-महाकाली अभियान : सप्तरीमा कार्यक्रम व्यवस्थापन गर्न समस्या

एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपाने डेरा बस्दै गरेको नेपाल रेडक्रस सोसाइटीको भवनबाट निकालिएका छन्। आफ्ना केही नेताकार्यकर्तासँग बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले शनिबार पार्टी कार्यालयबाट निकालेका हुन्।

एमालेले अहिले मधेशमा अभियान गर्नु हुँदैनः अध्यक्ष ठाकुर

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गलत समयमा मेची–काली अभियान सञ्चालन गरेकोले भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

मेची-महाकाली अभियानको थालनी गर्दै ओलीले भने- 'जनताविरोधी संशोधन पारित हुन्न दिन्नौं'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा संविधान संशोधन पारित हुन नदिने बताएका छन्। झापाको काँकटभित्ताबाट पार्टीको मेची-महाकाली अभियानको प्रारम्भ गर्दै अध्यक्ष ओलीले भने- 'संविधान संशोधन विधेयक जनताको आवश्यकता विपरीत हो। नैतिक हिसाबले पनि यो पारित गर्न मिल्दैन।'

भ्रम चिर्न मेची-महाकाली अभियान : ओली

पछिल्लो मधेस आन्दोलनपछि मुलुकको मैदानी भूभागमा खुम्चिएको आफ्नो प्रभाव र भूमिका पुनर्जागृत गर्न एमाले शनिबारदेखि संगठित रुपमा मधेस पस्दैछ। आफूलाई 'मधेसी मोर्चा सम्बद्ध दल तथा अभियन्ताले लगातार मधेस विरोधीका रुपमा चित्रित गरेर लखेटिरहेको' निष्कर्षमा पुगेको एमाले 'त्यही भ्रम चिर्ने' लक्ष्यसहित मधेस केन्द्रित अभियानमा होमिन लागेको हो।

मेची- महाकाली अभियानमा ५० लाख सहभागी हुने एमाले दावी

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानमा ५० लाख जनता प्रत्यक्ष सहभागी हुने नेकपा एमालेले दावी गरेको छ।

मेची–महाकाली अभियानका लागि एमाले नेताहरू झापामा

पार्टीलाई ‘मधेशविरोधी भन्दै फिँजाइएको भ्रम चिर्ने’ लक्ष्यका साथ शुरु हुन लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुन एमाले शीर्ष नेताहरु शुक्रबार झापा आइपुगेका छन्।

एमालेले मेची–महाकाली अभियानमा ५० लाख उतार्ने

नेकपा (एमाले)को यही फागुन २१ बाट सञ्चालन गर्ने मेची–महाकाली राष्ट्रिय अभियानको तयारी पूरा भएको छ। संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावको नारा रहेको अभियानका लागि नेपाली, मैथिली, थारू, डोट्याली र भोजपुरी भाषामा प्रचार सामग्री तयार गरी पठाइएको छ।

बागमती सरसफाइ विशेष अभियानको तयारी

बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ।

वन डढेलो नियन्त्रणमा साझा अभियान

हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्याधिक बढ्ने गरेको छ। यसरी हरेक वर्ष लाग्ने डढेलोलेे वन प्राकृतिक र मानवीय धनजनको ठूलो क्षति गर्दै आएको छ।

अभियान व्यवधान गर्ने काम एमालेलाई स्वीकार्य छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका समयमा कसैले व्यवधान गर्न खोजे त्यो एमालेलाई स्वीकार्य नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले जसले व्यवधान गरे पनि त्यो एमालेलाई स्वीकार्य नहुने बताए।

कछुवा गतिमा सार्वजनिक–निजी साझेदारी अभियान

सन् २०२२ सम्म अति कम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन नेपालले लिएको लक्ष्य प्राप्त गर्न अहिलेको प्रतिव्यक्ति आम्दानीमा करिब दोब्बर आय वृद्धि गर्नुपर्ने हुन्छ।

सामाजिक सञ्जालमा रातो टीका अभियान

एकल महिला समूहले सञ्चालन गरेको रातो टीका अभियान हजारौं महिलाले ऐक्यबद्धता जनाएका छन्। उनीहरुले देखिने गरी रातो टीका लगाई सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेका छन्।

भिम रावलको प्रश्न: सिके राउतले स्वतन्त्र मधेस भनेर अभियान चलाउँदा सरकार किन चुप?

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता गरेको आरोप गलाएका छन्। संसदको शून्य समयमा बोल्दै उनले संविधान र कानुन विपरित काम गर्नेहरुलाई छुट दिइएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्