काडमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानका समयमा कसैले व्यवधान गर्न खोजे त्यो एमालेलाई स्वीकार्य नहुने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले जसले व्यवधान गरे पनि त्यो एमालेलाई स्वीकार्य नहुने बताए।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले जसले व्यवधान गरे पनि त्यो एमालेलाई स्वीकार्य नहुने बताए।
अध्यक्ष ओलीले अभियान अन्तर्गत मेचीदेखि महाकालीसम्म तराईका जिल्लामा एमालेले आमसभा आयोजना गर्ने बताए। अहिले सुरु हुन लागेको अभियान आकस्मिक नभएको भन्दै उनले अभियान अन्तर्गत विभिन्न स्थानमा नेताहरुले बोलेका विषय एकमुष्ट रुपमा सुने एमालेको धारणा प्रस्ट हुने जनाए।
अभियानलाई व्यवस्थित पार्न एमालेले केन्द्रीय व्यवस्थापन कार्यालय नै स्थापना गरेको छ। केन्द्रीय कार्यालयमै रहेको सो कार्यालय अध्यक्ष ओलीले उद्घाटन गरे। फागुन २१ देखि पूर्वबाट सुरु हुने अभियान चैत ४ मा महेन्द्रनगर पुगेर समापन हुनेछ।
प्रकाशित: १० फाल्गुन २०७३ ०७:५३ मंगलबार