७ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्रको संसदिय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव,को को छन् सम्भावित मन्त्रीहरु?

चार दल सम्मिलीत गठबन्धनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनकालागि दाबी पेश गरेको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलीत गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकार गठनको दाबी पेश गरेको हो।

लुम्बिनीमा एमाले सरकार ढल्यो

चार दल सम्मिलित विपक्षी गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको बाँकी अवधि ‘आधाआधा’ नेतृत्व गर्ने सहमति गरेका छन्।

लुम्बिनी प्रदेश : सरकारको नेतृत्व आधा-आधा

प्रदेश प्रमुखको ‘नयाँ सरकार गठन आह्वान’ अनुसार विपक्षी गठबन्धनले संसदमा बहुमतको अंकगणित पुर्याएर आफूलाई ‘काबिल’ सत्ता नेतृत्वकर्ताको हकदारका रुपमा प्रस्तुत गर्ने छ।

लुम्बिनी प्रदेशः मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचना समक्ष राजीनामा दिएका हुन्। पोखरेले आफू बिरुद्ध अविश्वासको प्रस्ताव संसदको विशेष अधिवेशनबाट आजै पास हुने देखेपछि पदबाट राजीनामा दिएका हुन्।

लुम्बिनी प्रदेशः केहीबेरमा विशेष अधिवेशन सुरु हुँदै

विशेष अधिवेशन बिरुद्ध सार्वोच्चमा परेको मुद्यामा अन्तरिम आदेश आउन सक्ने आशमा राजीनामा पनि नदिने र बैठकमा सहभागी पनि नहुने रणनीति मुख्यमन्त्री शंकर पोखरेलले लिएका हुन्।

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

केन्द्र सरकारसँग बाझिने गरी प्रदेश अनुसन्धान ब्युरो स्थापनाको तयारी

लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता गराएको छ

जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

लुम्बिनी प्रदेश: सर्वोच्चद्वारा ‘हकदैया’को प्रश्न, संसद बिशेष अधिवेशन खारेजीको रिट अस्वीकार

सर्वोच्चले उक्त मुद्धाका सरोकारवाला नभएका कारण मुद्धा दर्ताका लागि अस्वीकार गरेको एमाले लुम्बिनी प्रदेशसका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए।

लुम्बिनी प्रदेश: तराईसँग जोडिँदै पहाड

लुम्बिनी प्रदेश सरकारले प्रदेशका पहाडी जिल्ला जोड्ने प्रदेश लोकमार्ग रामपुर–कपुरकोट सडक (जीवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) प्रदेश गौरवको आयोजना तीव्र गतिमा अगाडि बढाइएको छ।

माओवादी केन्द्रले भन्यो : सांसदलाई बन्धक बनाइनु लज्जास्पद

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते दिउसो १ बजेलाइ आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभ पुनद्वारा जारी सूचनामा जनाइएको छ।

सांसद वली भन्छिन्ः जबरजस्ती मुख्यमन्त्री निवासमा लगेर राखियो, शाैचालयको चप्पल लगाएर भागे

‘हामी पनि नेपालगञ्ज जाने हो संगै जाऔं भन्नु भयो। सांसद जस्तो व्यक्तिलाई मैले विश्वास गरेर गाडीमा बसें’, वलीले भनिन्। तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्ज जाने बाटो छोडेर गाडी बुटवलतर्फ मोडिएपछि बल्ल आफू आत्तिएको उनले बताइन्।

लुम्बिनी प्रदेशः सरकारले आफैँ बढायो गैरकर

लुम्बिनी प्रदेश सरकारले कृषि तथा पशुपन्छीमा लिँदै आएको गैरकरमा राजश्व वृद्धि गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका कार्यालयमा उत्पादन हुने घाँसेबाली बीउ बेर्ना, कुखुराका चल्ला, छात्रावास र तालिम हलमा गैरकर राजश्व वृद्धि गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्