१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी प्रस्ताव,को को छन् सम्भावित मन्त्रीहरु?

चार दल सम्मिलीत गठबन्धनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनकालागि दावी  पेश गरेको छ। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलीत गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सरकार गठनको दावी पेश गरेको हो।  

चार दलले  मुख्यमन्त्रीमा  नेकपा माओवादी केन्द्र संसदिय दलका नेता कुलप्रसाद केसीलाइ प्रस्ताव गरेका छन। संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुइ वा दुइ भन्दा बढी दलको बहुमत पुरयाएर नयाँ सरकार गठनको दावी पेश गर्न प्रदेश प्रमुखले आज दिउँसो ३ बजे सम्मकालागि समय दिएका थिए। मुख्यमन्त्रीमा प्रस्ताव गरीएका केसी रोल्पा  क्षेत्र नं.१ (क)बाट निर्वाचित सांसद हुन।  दावी पत्र बुझदै प्रदेश प्रमुख शेरचनले निर्धारित समय सम्म अन्य दलको दावी आउन सक्ने भएकाले कुर्ने र त्यसपछि प्रक्रिया अगाडी बढ्ने बताए।  

हाल प्रदेशसभामा ८० सदस्य छन। बहुमत संख्या ४१ हो। विपक्षी गठबन्धनसंग नेपाली काँग्रेसका १९,माओवादी केन्द्रका १८,जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन। सभामुख पनि माओवादीबाट निर्वाचित सांसद हुन। 

सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित सांसद अजय शाहीले पनि विपक्षी गठबन्धनलाइ नै साथ दिएका छन। सत्ताबाट बाहिरीएको एमाले  प्रतिपक्षमा बस्ने भएको छ। उसंग हाल ३७ जना सांसद छन। एमालेका सांसद तथा पुर्व मन्त्री बैजनाथ चौधरीले आफुहरु प्रतिपक्षमै बस्ने गरी राजीनामा दिएको बताए।  

सम्भावित मन्त्रीहरु  

मुख्यमन्त्रीमा दावी पेश गरेका केसीले आजै सपथ खाने बताइएको छ।  गठबन्धनले आजै सानो आकारको मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गरेको छ। मन्त्री परिषदमा क–कसलाइ पठाउने भन्ने सम्बन्धमा  दलहरु अहिले आन्तरिक छलफलमा छन। माओवादी केन्द्र र नेपाली काँग्रेसबाट एक÷एक जना मन्त्रीमण्डलमा जाने तयारी रहेको बुझीएको छ।

जसपाबाट तीनै जनालाइ आजै मन्त्रीमण्डलमा लैजाने भनिएको छ। जनमोर्चाले सरकारलाइ बाहिरैबाट सहयोग गर्ने बताएको छ। श्रोतका अनुसार नेपाली काँग्रेसबाट दाङका डिल्ली चौधरी र पाल्पाका बिरबहादुर राना मध्ये एक जनालाइ मन्त्रीपरिषदमा पठाउने तयारी रहेको बुझीएको छ। माओवादी केन्द्रबाट दाङका दामा शर्मा,इन्द्रजित चौधरी र गुल्मीका सुदर्शन बरालको नाम चर्चामा छ। जनता समाजवादी पार्टीका संसदिय दलका नेता सहसराम यादव,बर्दियाकी सुमन शर्मा रायमाझी र पाल्पाकी पुरमती ढेंगा मन्त्री बन्ने सहमती यसअघि नै गरेको बुझीएको छ।  

नेतृत्वमा माओवादी केन्द्र र काँग्रेसको आलोपालो

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच अवको कार्यकालमा आलोपालो नेतृत्व गर्ने सहमती पनि गरेका छन। नेपाली काँग्रेस सददिय दलका नेता बिरेन्द्र कनौडीयाले अवको १६ महिने कार्यकाल मध्ये सूरुको ८ महिना माओवादीका कुलप्रसाद केसीले र त्यसपछिका ८ महिना काँग्रेसका तर्फबाट आफुले सरकारको नेतृत्व गर्ने बताए। ‘फागुन  सम्म कुलप्रसादजिले मुख्यमन्त्री सम्हाल्नु हुनेछ।  

त्यसपछि काँग्रेसका तर्फबाट मैले मुख्यमन्त्री सम्हाल्ने छु हामीबिच यसबारे एक प्रकारको सहमती भएको छ’ कनौडीयाले भने। नेतृत्वमा माओवादी केन्द्र र काँग्रेसको कार्यकाल आधा आधा भन्ने आधारभुत सहमतीमै गठबन्धन निर्माण भएको नेता कनौडीयाले बताए। गठबन्धन बिच आपसी सहमती सहकार्य र विश्वासको वातावरण निर्माण गर्दै मन्त्रीमण्डलमा सबै दललाइ मिलाएर लैजाने पनि उनले बताए।  

विपक्षी गठबन्धनले साउन १९ गते पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव ल्याएका  थिए। प्रस्ताव उपर छलफलकालागि बुधबार विशेष अधिवेशन बोलाइएको थियो। अल्पमतमा रहेका पोखरेलले अविश्वासको प्रस्तावको सामना गर्न सकेनन र पदबाट राजीनामा दिएपछि ३ वर्ष ५ महिना २४ दिनमा एमालेको सत्ता ढलेको हो।

प्रकाशित: २८ श्रावण २०७८ ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App