coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

४ बजे सपथ ग्रहण

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम माओवादी केन्द्रको संसदिय दलका नेता केसीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।  

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलीय गठबन्धनको तर्फबाट केसी मुख्यमन्त्री बनेका हुन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलीत गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बिहान प्रदेश प्रमुख  समक्ष सरकार गठनको दावी पेश गरेका थिए। मुख्यमन्त्री  केसी रोल्पा  क्षेत्र नं.१ (क) बाट निर्वाचित सांसद हुन्।  

मुख्यमन्त्री नियुक्त भएसंगै साँझ ४ बजे सपथ ग्रहणको कार्य्रक्रम तय भएको छ। अपरान्ह चार बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए। सपथ ग्रहण गरेसंगै मुख्यमन्त्रीले आजै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने छन्। माओवादी केन्द्र र  नेपाली काँग्रेसबाट एक/एक जना  र जसपाबाट तीन  जना मन्त्री बन्नेछन्।

प्रकाशित: २८ श्रावण २०७८ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App