७ आश्विन २०८१ सोमबार
image/svg+xml

समावेशी बन्ला लुम्बिनी प्रदेश सरकार?

असमानता र विभेदविरुद्ध हजारौं युवायुवती तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धमा लामबद्ध भए। त्यसमध्येका एक रोल्पाका कूलप्रसाद केसी पनि थिए। उनले समावेशीता, विभेदमुक्त र संघीय गणतन्त्रका लागि जनयुद्ध लडे। समावेशीताको नारा आत्मसाथ गरेर युद्ध लडेका त्यही सिपाही केसी अहिले लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन्।

लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा सुवेदी नियुक्त

यसअघिका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले निर्वतमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेसंगै राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले सुवेदीलाइ नियुक्त गरेको हो।

विपक्षी दलसँग संवाद र सहकार्य गरेर अघि बढ्छौँः मुख्यमन्त्री केसी

मुख्यमन्त्री केसीले प्रतिपक्ष एमालेलाई इर्स्या, आवेग र बदलाको भाव नराख्न आग्रह गर्दै सदन नै बहिष्कार गर्नु अराजनीतिक संस्कार भएको टिप्पणी समेत गरे।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत, विपक्षमा शून्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। प्रतिपक्ष दल एमालेको अवरोधका बीच मुख्यमन्त्रीले विश्वासको मत लिन सफल भएका हुन्।

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने

आजको पहिलो बैठक अबरुद्व गरेको प्रतिपक्ष एमालेले साढे दुइ बजे बोलाइएको दोस्रो बैठक पनि अबरुद्व गर्ने बताइरहेको छ। सदनको अबरोध नहटे मार्सल लगाएर भएपनि विश्वासको मत लिने सत्तापक्ष सांसदहरुले बताएका छन्।

लुम्बिनी प्रदेश : कित्ता क्लियर नहुँदा प्रदेश र जिल्लाका नेता–कार्यकर्ता अलमलमा

यसअघि माधव नेपाललाई साथ दिएका केन्द्रीय नेताहरु रुपन्देहीका घनश्याम भुसाल, पाल्पाका सोमप्रसाद पाण्डे र ठाकुर गैरे, गुल्मीका गोकर्ण बिष्ट, युवराज ज्ञवाली लुम्बिनीका प्रभावशाली नेताहरु हुन्। यी नेताहहरुले पार्टी एकीकरणका लागि भन्दै तेश्रो धार पक्रेपछि प्रदेश, जिल्ला र स्थानीय तहका नेता, कार्यकर्ताहरुसमेत अलमलमा छन्।

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो।

लुम्बिनी प्रदेशः सांसद कारबाहीको माग गर्दै सदन अवरुद्ध

लुम्बिनीमा सत्तारुढ गठबन्धनका दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले दोश्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध गर्‍यो। बुधबार संसद बैठक सुरु भए लगत्तै एमालेका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सदनको कारबाही अगाडि बढ्न सकेन।

लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजी र रोष्टम घेराउपछि बैठक स्थगित

यसअघि हिजो (मंगलबार)को बैठक पनि अवरुद्ध गरेपछि आज दिउँसो १ बजेका लागि स्थगित गरीएको थियो।

लुम्बिनीमा दुई सांसदलाई कारबाहीको माग गर्दै एमालेले गर्‍यो सदन अवरुद्ध

लुम्बिनीमा नयाँ सरकार गठन पछि आह्वान भएको संसद अधिवेशनको पहिलो बैठक एमालेको अवरोधका कारण स्थगित भएको छ। ४ दलीय गठबन्धन सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार संसदको नवौं अधिवेशन आह्वान गरेका थिए।

लुम्बिनी प्रदेश: गठबन्धनलाई सघाएको भन्दै एमालेद्वारा मन्त्री शाही र सांसद खत्रीलाई कारबाहीको धम्की

मन्त्री शाहीलाई एमालेले बिहीबार साँझ स्पष्टीकरण पत्र पठाएको हो। मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी भएको भन्दै एमालेले मन्त्री शाहीलाई स्पष्टीकरण सोधेको हो। शाही सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित प्रदेश सांसद हुन्।

लुम्बिनी सरकारको पहिलो निर्णय: क्यान्सर,मिर्गौला र मुटुका रोगीलाइ २ लाख सहयोग

लुम्बिनी प्रदेश सरकारले क्यान्सर,मिर्गौला र मुटुका रोगका बिरामीलाइ २ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

लुम्बिनीमा गठबन्धन सरकार: बहुमतको कमजोर धरातलमा चुनौतीका चाङ

प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार दलको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसीले बिहीबार अपराह्न ५ बजे नै प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएर पदभार समाले। शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल उपस्थित भएनन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले लिए सपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।

लुम्बिनी प्रदेशमा सरकार फेरबदल असंवैधानिकः एमाले

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले दर्ता गराएको अविश्वासको प्रस्ताव र नयाँ मुख्यमन्त्री छनोट प्रक्रिया असंवैधानिक र कानुनविपरीत भएको नेकपा एमालेले प्रतिक्रिया दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्