५ वैशाख २०८१ बुधबार
राजनीति

लुम्बिनीका मुख्यमन्त्री केसीले विश्वासको मत लिँदै, अवरोध भए मार्सल लगाउने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज संसदबाट विश्वासको मत लिदैँछन। प्रतिपक्ष दल एमालेको अवरोधका बाबजुद आजै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी भइरहेको हो।  

आजको पहिलो बैठक अबरुद्व गरेको प्रतिपक्ष एमालेले साढे दुइ बजे बोलाइएको दोस्रो बैठक पनि अबरुद्व गर्ने बताइरहेको छ। सदनको अबरोध नहटे मार्सल लगाएर भएपनि विश्वासको मत लिने सत्तापक्ष सांसदहरुले बताएका छन्।  

सत्तापक्ष सगठबन्धमा रहेका दुइ जना सांसदलाइ मदमुक्त गर्नु पर्ने माग राख्दै एमालेले नवौं अधिवेशनको सुरु देखि नै सदन अवरुद्व गरीरहेको छ।  यसअघि दुइ वटा बैठक अबरुद्व गरको एमालेले आज १ बजे बोलाइएको बैठक सुरु हुनासाथ नारबाजी गर्दै रोष्टम घेरेपछि छलफल र सहमतीको प्रयासकालागि भन्दै साढे २बजे सम्मकालागि स्थगित गरीएको थियो। अव केही बेरमा सुरु हुने बैठकमा मुख्यमन्त्रीले विश्वसाको मत लिने तयारी छ। एमालेले फेरी पनि सदन अवरुद्व गर्ने बताइरहेको छ।  

नेकपाबाट निर्वाचित भएर माओवादी केन्द्र रोजेकी सांसद बिमला खत्री र सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित भएका सांसद अजय शाहीलाइ आफनो दलको दावी गर्दै एमालेले पदमुक्त गर्नु पर्ने माग राखेर सदन अवरुद्व गरीरहेको छ। तर प्रदेश सभा सचिवालयले भने उनीहरुलाइ पदमुक्त गर्ने कानुनी आधार नभएको भन्दै कारबाही गर्न नमिल्ने जानकारी आइतबारै एमाले संसदिय दललाइ गराएको हो। शाही र खत्रीलाइ पदमुक्त नगर्दा सम्म सदन चल्न नदिने अडानमा एमाले छ। 

प्रकाशित: ७ भाद्र २०७८ ०९:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App