१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

जाँगर थप्दै किबी जोन

अलैंची, अदुवा, अम्लिसो, अकबरे र चिया मात्र होइन, अब इलामलाई ‘किबीको जिल्ला’ पनि भनेर चिनाउने आधार तयार गरिँदैछ। सरकारले जिल्लामा किबी फलको व्यावसायिक खेतीका लागि १० खर्ब ३० अर्ब रुपैयाँको परियोजना जिल्लामा सञ्चालन गर्न लागेको हो।

बर्खे आलु उत्पादन र भाउ दुवै राम्रो

काभ्रे जिल्लामा परम्परागत रुपमा हुँदै आएको आलुखेतीमा पछिल्लो समय खेती प्रविधिको प्रसार तथा यान्त्रिकरण प्रवद्र्धनले आलुको उत्पादन तथा उत्पादकत्व बढेको छ। उत्पादन बढेसँगै किसानले भाउ पनि राम्रो पाउन थालेका छन्।

वैदेशिक रोजगारीको कहर र कृषि क्षेत्रको रहर

आम सर्वसाधारणको बानी–व्यवहार पर्गेल्दा पछिल्लो समय देश छाडेर बाहिरिने दुईथरी श्रमिक देखिन थालेका छन् । पहिलो कोटिमा रहनेहरू खाडी मुलुकको उम्लँदो तापक्रमका बाबजुद गाउँको खेती–किसानी छाडी उज्यालो भविष्य बनाउन हिँडेका नौजवान युवक–युवती र दोस्रो कोटिमा रहनेमा हुँदाखाँदाको सरकारी (सचिवको ओहोदामा रहेकासमेत) वा गैररकारी क्षेत्रका जागिरे वा व्यापार–व्यवसाय अँगाली आ–आफ्नो क्षेत्रमा स्थापित एवं राम्रै हैसियत बनाएकाहरू पनि डिभी र पिआर वा अनेक जोडबल गरी अमेरिका, अस्ट्रेलिया वा अन्य विकसित मुलुकमा गुणस्तरीय (?) जीवनशैली बिताउने हुटहुटीले अधिकांश सहरी क्षेत्रका बासिन्दाले श्रमिककै रूपमा काम गर्न राजीखुसीसाथ देश छाड्नेहरू छन् र क्रमशः यो झाङ्गिदै गएको छ।

विदेशको कमाई च्याउखेतीमा

वर्ष दिनअघि मलेसिया पुगेका छोराले घरमा रेमिट्यान्स पठाउँथे । तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्यगाउँकी राधाकुमारी आचार्यलाई परदेशबाट हात परेको रेमिट्यान्सलाई अन्य आयमूलक काममा लगाउने ज्ञान थिएन ।

५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्दै किसान

धनुषाधाम नगरपालिका–८, मुलाबारीका किसानले ५३ वर्षपछि सुर्ती खेतीको विकल्प खोज्न थालेका छन्।

अफिम छाडेर तरकारी खेती

लेकबेशी नगरपालिका–९ को कालटाँडी गाउँ केही वर्षअघिसम्म अफिम खेतीका लागि प्रख्यात थियो । ३२ घरधूरीका प्रायः सबैले अफिम खेती गर्थे । हरेक वर्ष प्रहरी अफिम खेती नष्ट गर्न परिचालिन हुन्थ्यो ।

केरा कृषक भन्छन् : सम्मान हैन, केराको बजार देउ

केरा खेतीको विकास र विस्तारमा उल्लेख्य योगदान पु-याएको भन्दै टीकापुरका तीनजना सरकारद्वारा हरेक वर्ष प्रदान गर्ने उत्कृष्ठ कृषक पुरस्कारबाट लगातार सम्मानित भए।

काभ्रेको पुष्पखेतीमा लगानी गर्न आह्वान

काभ्रेका स्थानीय तहहरुले पुष्पखेतीमा लगानी गर्नका लागि कृषकहरुलाई आग्रह गरेका छन्। पाँचखाल र पनौती नगरपालिकाले औपचारिक रुपमै पहिलो पटक यसरी आह्वान गरेका हुन्।

व्यावसायिक केराखेती गर्दै स्थानीय

सरुमारानी गाउँपालिका–१ औलेनीमा व्यावसायिक केराखेती सुरु भएको छ । औलेनी तरकारी समूहमार्फत जिल्लाका दक्षिणी क्षेत्रका किसानले व्यावसायिक केराखेती सुरु गरेका हुन्।

पाखो डाँडामा लटरम्म टमाटर, ढुवानी नहुँदा कृषक चिन्तित

पाल्पा सदरमुकाम तानसेनदेखी ४१ किलोमिटर पूर्व पूर्वखोला गाउँपालिका–६, हेक्लाङको खुमडाँडामा आदिवासी जनजाती मगर समुदायको बस्ति छ। यहाँका अधिकांश घरका युवा विदेशमा छन्।

चिया खेतीका लागि सम्भाव्यता अध्ययन

खोटाङको दोर्पाचिउरीडाँडाको माथिल्लो भेगमा व्यावसायिक चिया खेतीका लागि सम्भाव्यता अध्ययन गरिएको छ।

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै महिला

विदेश पुगेका छोराले पसिना बगाएर जोगाएको पैसा पठाउँथे। तर, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी गीता आचार्यलाई विदेशबाट आउने रेमिटेन्स उत्पादनमूलक काममा लगाउने वित्तीय ज्ञानको अभाव थियो।

आठ अर्बमा १८ तले अपार्टमेन्ट बनाइँदै

पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।

वर्षाले तराई जलमग्न, पहाडमा खडेरीले मकै सखाप

अहिलेको बर्खामा धेरै ठाउँमा बाढी पहिरो र डुबानको घट्ना सुनिदै आएको छ। उदयपुरकै सदरमुकाम गाईघाटलगायत तराईभेग र भित्री मधेसका कतिपय क्षेत्रमा डुबान समस्या बढिरहँदा जिल्लाकै पहाडी भेग र खोँचमा भने चाहिदो वर्षा नभएपछि मुख्य बाली मानिएको मकै खेतीलाई खडेरीले स्वाहा पारिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्