इन्धन बिक्रीमा ७५ प्रतिशतले कमी
मुलुकका प्रमुख सहरमा निषेधाज्ञा जारी हुँदा पेट्रोलियम पदार्थको खपतमा भारी गिरावट आएको छ ।
मुलुकका प्रमुख सहरमा निषेधाज्ञा जारी हुँदा पेट्रोलियम पदार्थको खपतमा भारी गिरावट आएको छ ।
नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री प्रक्रियाले हवाई सेवामा जारी लकडाउन खुलेपछि निरन्तरता पाउने भएको छ। तेस्रोपटकको प्रयासमा भएको लिलामी प्रक्रियामार्फत निगमले अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई उक्त विमान बेच्ने निर्णय गरेको थियो।
तरकारी खेतीबाट वर्षमै लाखौं रुपैयाँ कमाइरहेका किसानलाई यो वर्ष लकडाउनले नराम्रोसँग घाटा खुवाएको छ। बारीमा लटरम्म तरकारी बेच्न मुस्किल भएको छ भने तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन्।
अन्य व्यवसाय तथा क्षेत्रमा जस्तै कोरोनाले नेपालको पुस्तक व्यवसायमा असर गरेको छ। शैक्षिक सत्र सुरु हुँदै गर्दा देशभर भएको लकडाउनले पुस्तकको खरिद–बिक्री ठप्प भयो। नयाँ किताब पनि बजारमा आउन सकेनन्।
न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ। औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो।
डाक्टरको प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने एक मेडिकल हलका सञ्चालकसहित पाँच जना धरानबाट पक्राउ परेका छन्।उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।
कतिपय किसानका बारीमा लसुन फल्छ, मूल्य पाउँदैन। तर रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० चौखावाङका किसानलाई भने लसुनका लागि बजारको चिन्ता छैन। पैसाको बिटो बोकेर आउने ठेकेदारले गाउँबाटै लसुन उठाएर लैजाने गरेका छन्।
अलैचीको नयाँ उत्पादन सुरु हुने बेला हुन लाग्दा पनि गतवर्ष उत्पादन भएको अलैची बिक्री हुन सकेको छैन । कोरोना भाइरस (कोभिड-१९) का कारण भएको लकडाउनपछि अलैचीका कारोबार ठप्प रहेको छ ।
भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ।
धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु हुँदा पनि घरेलु मदिरा बिक्री रोकिएको छैन। चैत १ यता प्रहरीले जिल्लाभर भट्टी नष्ट गर्ने अभियान चलाए पनि ग्रामीण क्षेत्रका हाटबजार र होटलमा घरेलु मदिरा किक्री–वितरण भइरहेको हो। ‘वर्षौंदेखि घरेलु मदिरा भट्टी चलिरहेकै छ।
जिल्ला समन्वय समिति ओखलढुंगा परिसरमा रहेको कवाडी सामान प्रमुखको ठाडो आदेशमा बिक्री गरेको पाइएको छ। समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठको ठाडो तोक आदेशमा ६ ट्रक कवाडी सामान जम्मा अढाइ लाख रुपैयाँमा बिक्री गरिएको हो।
थातथलो छाड्नकै लागि जग्गाको बढीभन्दा बढी मूल्यांकन गरी÷गराई मुआब्जा लिने प्रवृत्ति नै परियोजना निर्माणका ऐंजेरु बन्दै गएको छ। यसमा संलग्न सबैले एकपटक सोच्ने कि ?
ओखलढुंगामा पहिलो पटक खसी बोका तौलेर बिक्री गर्न थालिएको छ। किसानले पालेका खसी बोका पहिलो पटक तौलेर बिक्री गर्न थालेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धि छलफल चलाएपछि खसी बोका जोखेर खरीद बिक्रीको सुरुवात भएको हो। यसअघि व्यापारीले अनुमानको भरमा खसी बोका बेच्ने गर्दथे।
जिल्ला समन्वय समिति ओखलढुंगा परिसरमा रहेको कबाडीजन्य सामानहरु प्रमुखको ठाडो आदेशमा बिक्री गरिएको पाइएको छ। समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठको ठाडो तोक आदेशमा लाखौ मूल्यको कबाडीजन्य सामान नियम मिचेर बिक्री भएको हो।