२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आजदेखि जगातीमा यात्रुको व्यक्तिगत विवरण पनि राख्न सुरु

अनियन्त्रित आवतजावत बढेपछि महानगरीय प्रहरी बृत जगाती भक्तपुरले बुधबारदेखि राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको व्यक्तिगत विवरण पनि राख्न सुरु गर्ने भएको छ ।

स्वास्थ्यमन्त्रीलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने अधिकार छैन : सांसद संग्रौला

कांग्रेस सांसद डिला संग्रौला पन्तले विश्वभर कोरोना भाइरसको संक्रमणको त्रास फैलिएको र आवश्यकत सतर्कता अपनाई रहेका बेला नेपाल सरकार भने गैरजिम्मेवार बन्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएकी छन्।

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ। अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

बेवारिसे व्यक्तिको मृत्यु

रौतहटमा एक बेवारिसे व्यक्तिको मृत्यु भएको छ। रौतहटको गरुडा नगरपालिका ४ स्थित चपुर गौर सडक खण्डमा मागी खाई हिँड्ने करिब पचास वर्षिय पुरुषको मृत्यु भएको हो।

व्यक्तिगत दम्भ हटाइ कोरोनाविरुद्ध एकजुट हाैं : सांसद गिरी

सांसद प्रदीप गिरीले पर्यावरण र कोरोना भाइरसविरुद्ध संसदभित्र र बाहिरबाट एकजुट भएर अगाडी बढ्नुपर्ने बताएका छन्।

अज्ञात व्यक्तिको गोलि प्रहारबाट वृद्ध घाइते

अज्ञात व्यक्तिको गोलि प्रहारबाट महोत्तरीमा ६१ वर्षिय एक वृद्ध गम्भीर घाइते भएका छन्। मनरा सिस्वा नगरपालिका-३ सौनल घर भएका ६१ वर्षिय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिको गोलि प्रहारबाट गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रधानमन्त्री ओली अद्वितीय क्षमताका व्यक्तित्व : मुख्यमन्त्री पौडेल

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिकूलताहरुलाई चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता भएका व्यक्तित्व भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

बाँस्कोटाको अभिव्यक्तिप्रति कर्मचारी आक्रोशित

सरकारी कर्मचारीले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अभिव्यक्तिलाई लिएर आक्रोश पोखेका छन्।

गोलका साहु

सन्तोष साहुखल अर्थात् शहिद स्मारक ए डिभिजन लिग गोलका साहु । बुधबार नेपाल पुलिसविरुद्ध बराबरी गोल फर्काउँदै च्यासल युथ क्लबका कप्तान तथा स्ट्राइकर साहु खलले सयाैं गोलको कोसे ढुंगा पूरा गरे ।

धादिङको सिद्धलेकमा स्थानीय दुई व्यक्ति मृत फेला

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ कालिदह नजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत फेला परेका छन्। वडा कार्यालय जान भनेर आइतवार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका वडा नं १ का ३८ वर्षिय भीमबहादुर गुरुङ र ५७ वर्षिय नकुल सापकोटा आइतवार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए।

'अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा'

संसद्मा दर्ता भएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथि खतरा भएको एमनेस्टी इन्टरनेसनलले ठहर गरेको छ। स्वतन्त्र विचार अभिव्यक्त गर्नेका लागि ठूलो जेल सजाय र चर्को जरिवानाको व्यवस्था गलत भएको उल्लेख छ।

अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजियो : कोइराला

नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सूचना प्रविधि विधेयकले कुण्ठित गरेको आरोप लगाएका छन्।

ओखलढुंगामा एक व्यक्ति मृत फेला

ओखलढुंगामा एक व्यक्ति मृत भेटिएका छन्। सिद्धिचरण नगरपालिका–८ सल्लेरी जरङगेका कालुराम गुरुङ्ग मृत भेटिएका हुन्।

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामाग्री हटाइँदै

काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामाग्री हटाउने कार्यलाई तीव्रता दिएको छ। अहिले बानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल वरपरका क्षेत्र, कोटेश्वर, त्रिपुरेश्वर र जमल–लैनचौर गरी पाँच क्षेत्रमा पाँच टोली बनाएर होर्डिङबोर्ड हटाउने काम भइरहेको छ।

प्रतिबन्ध : विज्ञापन कि अभिव्यक्तिमा ?

पूर्ण अभिव्यक्ति स्वतन्त्रता रहेको समाजमा कस्तो सामग्री छाप्ने वा नछाप्ने भन्ने निर्णय मिडिया सम्पादकले तय गर्न पाउनुपर्छ। त्यसैले संविधानको धारा १९ ले जुनसुकै सामग्री प्रकाशनपूर्व प्रतिबन्ध लगाउन नपाइने सुनिश्चित गरिएको छ। कुनै विज्ञापन छाप्ने वा नछाप्ने भन्ने निक्र्यौल पनि सो मिडियाले नै गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्