२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बालविवाहविरुद्ध धर्मगुरुहरू एकजुट

दाइजो र घरेलु हिंसाको प्रमुख कारणको रूपमा रहेको बालविवाहविरुद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरू एकजुट भएका छन्। वीरगन्जमा मंगलबार भएको बालविवाह नियन्त्रणका लागि भएको एक कार्यक्रममा बालविवाह रोक्न धर्मगुरुले सामूहिक प्रतिवद्धता जनाएका छन्।

कर्णाली नदी नियन्त्रण आयोजनामा बजेट अभाव

सरकारको महत्वाकांक्षी आयोजनाअन्तर्गतको कर्णाली नदी नियन्त्रणको काम कछुवा गतिमा अघि बढिरहेको छ। भत्किएका नयाँ तथा पुराना तटबन्धका संरचना बन्न नसक्दा कर्णाली नदी नियन्त्रणको कामले गति लिन नसकेको हो।

दोलखाका निलम्बित सिडिओ अख्तियार हिरासतमा

जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिइएको छ।

जलाउँदै गरेको शव प्रहरी नियन्त्रणमा

जलाउँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या पछि महिलाको शवलाई जलाउँदै गएको भेटिएपछि प्रहरीले शुक्रबार त्यसलाई नियन्त्रणमा लिएको हो।

सिसी क्यामेराको नियन्त्रण गर्न प्रहरी चौकीमा सञ्चार कक्ष

शुक्लागण्डकी नगरपालिकाले बजार र राजमार्ग क्षेत्रमा जडान गरेको सिसी क्यामेराको नियन्त्रण गर्न सञ्चार कक्ष निर्माण गरिएको छ। ईलाका प्रहरी कार्यालय बेलचौतारामा निर्मित दुई कोठे कक्षको शनिबार मेयर किसान गुरुङले उद्घाटन गरे।

बाँदर नियन्त्रण गर्न बजेट विनियोजन

खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ। नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो।

नियन्त्रणका लागि भएन प्रयास

हात्ती आएपछि सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरू विकल्प छैन।

जंगलमा आगलागी हुँदा गाउँले त्रासित

समयमै आगो नियन्त्रणमा आउनाले जंगल नजिकै रहेको काँडाताली गाउँले ठूलो संकट बेहोर्नु परेन।

बिहान ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन

जुम्ला चन्दननाथ नगरपालिका २ स्थित विष्णु भण्डारीको तीन तले घरमा बिहान ११ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउनको लागि अधिकतम प्रयास भइरहेको छ। अहिले आगो नियन्त्रणमा लिनको लागि पुरै घर भत्काइ सकिएको छ। तर पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

जातीय छुवाछूत गर्ने दुई जना प्रहरी नियन्त्रणमा

जातीय भेदभाव तथा छुवाछूतको मुद्दमा दुई जना पक्राउ परेका छन्। जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै दुई जना विरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो।

दुई ट्रक गोरु प्रहरी नियन्त्रणमा

झापा प्रहरीले आज बिहान सुरुङ्गाबाट भारततर्फ तस्करी हुन लागेको दुई ट्रक पशुचौपाय नियन्त्रणमा लिएको छ। दुई ट्रक गोरु पक्राउ गरी भद्रपुर भन्सार पठाइएको झापा प्रहरीले जनाएको छ।

जुवा नियन्त्रणमा प्रहरीको सकृयता, अभियुक्त पक्राउमा सिसि क्यामेरा प्रभावकारी बन्दै

पछिल्लो समय जिल्लामा लुकिछिपी तास जुवा खेल्ने लगायतका गतिबिधी हुने गरेको सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको छ। दसैं तिहारलगायतका चाडवाड सकिए पछि अब जिल्लाका मुख्य बजार र चोकहरुमा तासजुवा खेल्ने र खेलाउने बाहानामा सट्टाबाजी हुने गरेको गोप्य सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

पारिबाट खाद्यान्न वारिबाट दलहन र छोहारा तस्करी

नेपालबाट केराउ, मरिच, दाल, छोहारा, मदिरा लगायतका सामाग्री रुपन्देहीको भित्री नाकाबाट भारत तिरै तस्करी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्