२१ आश्विन २०८१ सोमबार
image/svg+xml

१७ दिनपछि पोखरा–जोमसोम उडान

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।

स्विमिङ पुलमा डुबेर किशोरको मृत्यु

पोखरामा स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएको छ। पोखरा तेर्सापट्टीस्थित सि.एम. स्विमिङ पुलमा पौडी खेल्न पुगेका पर्वत घर भई पोखरा–५ मालेपाटनमा परिवारसँगै बस्दै आएका १३ वर्षिय किशोर दीपेश शर्माको शनिबार दिउँसो डुबेर मृत्यू भएको कास्की प्रहरीले जनाएको छ।

पोखरा–जोमसोम उडानमा प्राधिकरणको कडाइ

पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ अन्तिम साता

पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन आगमी भदौ अन्तिम साता गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

यातायात व्यवसायीको पनि बदमासी

पोखराका पर्यटन व्यवसायी सन्तोष पोखरेलले बिहीबार मध्याह्नतिर काठमाडौं छाडे। सरासर आउन पाएको भए काठमाडौंबाट २ सय किलोमिटर टाढाको पोखरासम्म उनी बेलुका नै आइपुग्थे। तर पोखरेल शुक्रबार दिउँसो ३ बजेसम्म जसोतसो मुग्लिन पार गरेर केही अगाडि बढेका थिए।

पोखरा–मुग्लिन राजमार्ग साना सवारीका लागि खुला

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड एकतर्फी खुला भएको छ। अहिले चारपांग्रे साना र दुइपांग्रे सवारी मात्र पालैपालो वारपार गराएको प्रहरीले बताएको छ।

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी बन्दै

पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण(टे«निङ सेन्टर)को पूर्वाधार बनाउन शुरु गरिएको छ। पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण केन्द्रको बोर्ड झुण्ड्याएको थियो। गल्फ संघ कास्कीले गल्फको टेनिङस्थल बनाउन राष्ट्रिय खेलकुद परिषदसँग जग्गा माग गर्दै आएको थियो।

प्याराग्लाइडिङ किन पोखरा छाड्न चाहँदैन?

व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भईरहेको प्याराग्लाइडिङ उडान केही गरि अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आएका छन्। पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने उनीहरुको तर्क छ। पोखराबाट प्याराग्लाइडिङ बिस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी, रोजगारीमा धक्का पुग्ने व्यवसायीको भनाई छ।

गण्डकी सरकारः पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याइने

पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा पनि अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य बनाउने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ।

असोज पहिलो साता अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

नेपाल तेक्वान्दो संघको आयोजनामा आगामी असोज ५ देखि ९ गतेसम्म पोखरामा ‘तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ। प्रतियोगितामा सिनियर तथा जुनियर महिला–पुरुषमा प्रतिस्पर्धा गराईनेछ।

‘गर्व गर्नलायक पूर्वाधार तयार’

निकै चासोका साथ हेरिएको राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पूर्वाधारतर्फका सम्पूर्ण काम सकिएको छ।

बजेटले मूल्य बढाउने चिन्ता

बजेटले मूल्य वृद्धि बढाउने चिन्ता पोखरेलीले गरेका छन्। पोखरेली अगुवाहरुले मूल्यवृद्धि नियन्त्रण भन्दापनि मूल्यवृद्धि बढाउने गरी बजेट आएको प्रतिक्रिया दिएका हुन्। सबैलाई खुशी पार्ने उद्देश्यले बजेट आएको र यसले मूल्यवृद्धि बढाउने उनीहरुको भनाई छ।

पोखरा–जोमसोम हवाई रुट जोखिमपूर्ण नै हो त?

हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम हवाई उडान अरुको तुलनामा जोखिमपूर्ण मानिन्छ। अझ उडान दौरान यो रुटमा केही समय कतैपनि सम्पर्क नहुने हुँदा उडान झनै जोखिमपूर्ण हुने उनीहरुको भनाइ छ। त्यही भनाइलाई पुष्टि गर्ने अर्काे तथ्यांक पनि छ, त्यो हो, पछिल्लो दश वर्षमा मात्र पोखरा–जोमसोम रुटमा चारवटा हवाई दुर्घटना भए। ती दुर्घटनामा मात्र ६० जनाको ज्यान गएको छ। आखिर किन हुन्छन्, पोखरा–जोमसोम रुटमा बारम्बार हवाई दुर्घटना?

पोखरा–जोमसोम रुटः चार मिनेट कतै सम्पर्क हुँदैन

हवाई उड्डयन क्षेत्रका जानकारका अनुसार पोखरा–जोमसोम रुटको उडान यतिसम्म डरलाग्दो छ की हवाई उडानका क्रममा सबै जहाज केहीबेर दुवैतिरका टावरसँग सम्पर्कविहीन हुन्छन्। पोखरा र जोमसोम कतैका टावरसँग यी रुटमा उडिरहेका जहाजको सम्पर्क हुँदैन। जहाजको ककपिटमा बसेका पाइटलले आँखाले हेरेको भरमा अप्ठेरो दूरी पार गराउँछन्। ती जानकारहरुका अनुसार कतैपनि सम्पर्क नहुने भएकोले पोखरा–जोमसोम हवाइ रुट निकै नै ‘क्रिटिकल’ मानिन्छ। घोरेपानी कटेपछि लेतेको प्लेटु भन्ने ठाउँसम्मको समय चार मिनेटमा पार हुन्छ, तर, यो समयमा कतैपनि हवाई जहाजको सम्पर्क हुँदैन।

‘समय खेर नफालि पोखरा बनाउन लगाउँछु’

पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य निर्वाचित भएका छन्। सानो पार्टी, कमजोर संगठन भएको धरातलबाट नेकपा एमालेको लालकिल्ला भत्काउँदै मेयरमा निर्वाचित आचार्यबाट पोखरेलीले धेरै अपेक्षा राखेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्