१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी बन्दै

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी टे«निङस्थल निर्माण गरिदैं। तस्बिर नागरिक

पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण(टे«निङ सेन्टर)को पूर्वाधार बनाउन शुरु गरिएको छ। पोखरामा  आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण केन्द्रको बोर्ड झुण्ड्याएको थियो। गल्फ संघ कास्कीले गल्फको टेनिङस्थल बनाउन राष्ट्रिय खेलकुद परिषदसँग जग्गा माग गर्दै आएको थियो। रंगशालाभित्र सेतीनदी किनारमा भासिएको जमिनलाई पुरेर संघले टे«ेनिङको लागि पूर्वाधार तयार बनाउन शुरु गरेको हो। पूर्वाधारको लागि गण्डकी प्रदेश खेलकुद परिषलले केही बजेट छुट्टाईदिएको छ।  

गल्फको लागि छुट्टाईएको पोखरा रंगशालाभित्रको जमिन सम्याइएको भन्दै राष्ट्रिय खेलकुद परिषदले गल्फ संघसँग ६ लाख ८० हजार रुपैयाँ लिएको थियो। परिषदले १३ औं दक्षिण एशियाली खेलकुदकै समयमा जमिन सम्याएको भन्दै रकम लिएको गल्फ संघ कास्कीले जनाएको छ। छुट्टाइएको जग्गामा संघले प्रदेश खेलकुद परिषदको आर्थिक सहयोगमा पटिङस्पट बनाउन शुरु गरेको छ। भिरालो जमिनलाई खारेर ड्राइभ रेन्ज(बे) बनाउने नेपाल गल्फ संघ केन्द्रीय सदस्य भूबहादुर(भुवन) गुरुङले बताए।

‘पहिलो चरणमा पटिङस्पट र बे बनाउँछौं,’ उनले भने, ‘त्यसपछि सेतीनदी किनार र दक्षिण स्क्वास ¥याकेट संघ तर्फ जाली लगाईने छ।’ उनका अनुसार पटिङस्पट र बे संरक्षणको लागि पनि तारबार लगाउनुपर्ने खाँचो छ। प्रदेश खेलकुद परिषदले गल्फको लागि ५ लाख रुपैयाँ छुट्टाएको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा कास्कीले रजत र काँस्य पदकमा मात्रै चित्त बुझाउँदै आएको छ। ‘अब घरेलु कोर्षमै स्वर्ण पदक जित्ने लक्ष्य छ,’ उनले भन, ‘त्यसको लागि प्रशिक्षणस्थल बनाउँदै छौ। आगामी दिनमा युवाहरुलाई टे«निङ शुरु गराईने छ।’ ग्रीन तयार भईसकेपछि एक छेउमा बंकर बनाईने छ। ग्रीन भन्दा तलबाट चिपिङ गरिनेछ। प्रशिक्षणको लागि पूर्वाधार बनेपछि खेलाडीलाई अत्यावश्यक चेन्जिङ रुम र शौचालय बनाउने योजना संघको छ। उनका अनुसार फेन्सिङ नगर्दासम्म बल हराउने त्रास रहिरहने हुदाँ फेन्सिङ लगाईहाल्नुपर्ने बाध्यता छ।  

प्रदेश सरकार गठनसँगै एक स्थानीय एक खेल मैदान, उच्च उचाई खेल मैदान, अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, बहुउद्देश्यीय रंगशाला तथा गल्फ कोर्ष निर्माण गर्ने लक्ष्य राखेको थियो। गल्फ कोर्षको लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्टाएपनि शीर्षक नमिलेको भन्दै गल्फ संघ कास्कीलाई आवश्यक बजेट दिएको थिएन्। संघले पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षणस्थल बनाउने प्रस्ताव गरेपछि ५ लाख रुपैयाँ बजेट छुट्टिएको हो। ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालाभित्र प्रशिक्षणस्थल तयार गर्दैछौं।’ गल्फ संघ कास्कीका सल्लाहकार समेत रहेको गुरुङले भने, ‘पटिङस्पट अत्यावश्यक छ। त्यही अनुसार काम अगाडि बढाएका छौं।’  

छुट्टाइएको रकमबाट यो आर्थिक वर्षभित्र पूर्वाधार तयार गरिसक्नुपर्ने छ। अन्यथा बजेट फ्रिज हुने छ। ‘पहिला गल्फको लागि बजेट थियो। कोर्ष बनाउन बजेट छुट्टाएपनि जग्गा प्राप्ती नहुँदा निकासा नै हुन सकेन्। फेरी गल्फ एकेडेमीको शीर्षक राखेर ५ लाख रुपैयाँ छुट्टाएका छौं।’ प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले भने, ‘त्यही बजेटबाट स्कुल बालबालिकालाई गल्फ प्रशिक्षण गराउने उद्देश्यसहित पटिङस्पट बन्ने छ।’

प्रकाशित: २७ जेष्ठ २०७९ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App