१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौ अन्तिम साता

पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन आगमी भदौ अन्तिम साता गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आइतबार सम्पन्न बोर्ड बैठकले आउँदो भदौ २४ र २५ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।  

महाधिवेशनले दुई वर्षको लागि नयाँ नेतृत्व चयन गर्ने छ। नयाँ नेतृत्वको लागि चर्चा समेत शुरु भईसकेको छ। यद्यपी आकांक्षीले सार्वजनिक अभिव्यक्ति भने दिईसकेका छैनन्। बरिष्ठ उपाध्यक्ष पवनकुमार प्रजापतिले आफुलाई अध्यक्षकै रुपमा प्रस्तुत गर्ने बताए। ‘वरिष्ठबाट अब अध्यक्षमा चुनावी लड्ने हो,’ उनले भने।  चुनावले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ। निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ।

संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ। ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ। असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन्। संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ।  

महासचिव रहेका सुरेन्द्रमान विजुक्छेले आफु नेपाली काँग्रेस महानगर सभापति भईसकेकोले चुनावी अभियानमा नजाने स्पष्ट पारे। ‘महासचिवबाट अब उपाध्यक्ष बन्ने हो। निर्वाचनमा सहभागि बन्दिन। तर संघले आवश्यकता ठाने निर्विरोध भए उपाध्यक्षमा आउन सक्छु।’ अन्य आकांक्षीले आन्तरिक रुपमा छलफलमा जुटिसकेका छन्। महाधिवेशनमा सहभागिताको लागि व्यावसायीहरुले नविकरण गर्ने तर्फ तदारुकता देखाएका छन्।  

पोखरा उद्योग वाणिज्य संघले दुईवर्ष औद्योगिक व्यापार मेला भने आयोजना गरेन्। कोभिड–१९ को आक्रान्तले छोप्यो। ‘कार्यकालमा सबै कार्यक्रम सफलतापूर्वक नै भए। तर दुखको साथ भन्नुपर्दा मेला आयोजना गर्न सकिएन्,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने, ‘व्यावसायीलाई तालिम, व्यावसायिक हकहितको लागि काम गर्यौं। व्यावसायीलाई कोरोना विरुद्धको खोप लगाउने काममा अग्ररता लियौं।’ अध्यक्ष कोईरालाले विधान अनुसार नै असार मसान्तपछि तीन महिनाभित्र महाधिवेशन गर्ने भनिए अनुसार नै महाधिवेशनको मिति तय गरिएको प्रष्ट पारे।

प्रकाशित: ३० जेष्ठ २०७९ ०८:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App