११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव छः महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन्।

माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गर्दा तरुणदलका वडाध्यक्ष घाइते

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

गठबन्धन कसैको विरुद्ध हैन,राजनीतिक आवश्यकता होः महामन्त्री थापा

सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा कांग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, 'पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो।'

काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।

एमालेविरुद्ध कांग्रेसका ४२ आरोप

लोकतन्त्रको आत्मा मानिएको निर्वाचनप्रति एमाले अन्तरआत्मादेखि प्रतिबद्ध नभएको भन्दै विगतमा सरकारको नेतृत्वमा रहँदा पनि चुनाव गराउन सो पार्टीले सक्रियता नदेखाएको आरोप कांग्रेसले लगाएको छ ।

जनकपुर उपमहानगरपालिकामा कसले मार्ला बाजी?

जनकपुरधाम उपमहानगर पालिकामा विगतको स्थानीय तहको निर्वाचनमा आफ्नो प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याएर निर्वाचित भएका थिए लाल किशोर साह।

ओलीले जनतामा गएर मत माग्ने कुनै आधार छैन: महत

सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमाले अध्यक्ष केपी ओलीले जनतामा गएर मत माग्ने कुनै आधार नरहेको दाबी गरेका छन्।

कांग्रेसले देशलाई आर्थिक रुपमा समृद्ध बनाउँछः नेता सिंह

नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए। नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।

पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन देउवाको आग्रह

सभापति देउवाले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्मअनुसार इमान्दारीपूर्वक मतदान गर्न अपिल गरे। पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन कांग्रेस कार्यकर्ता अझ बढी सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो।

तीन ठाउँमा कार्यकर्ताबीच दोहोरो झडप

चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा हप्तादिनभित्र माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच दोहोरो झडप तीन ठाउँमा भएको छ।

गोरखा नगरपालिकामा एकीकृत समाजवादीको उम्मेदवारी स्थगन, कांग्रेसलाई सघाउने

गोरखा नगरपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले नेपाली कांग्रेसलाई सघाउने भएको छ।

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ।

कांग्रेसका विद्रोही उम्मेदवारः प्रस्तावक र समर्थकलाई कारबाही

नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिएका र त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ।

मन फराकिलो बनाएर गठबन्धनका उम्मेद्वारलाई विजयी गराऔँः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबिच भएको तालमेललाई इमानदारपूर्वक पालना गर्न आग्रह गरेका छन्।

एमालेको काम सपना बाँड्ने मात्रै होः चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेकपा एमालेको काम सपना बाँडने मात्रै भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्