११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको बताएका छन्।

हिजाे घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्न सकेको बताए।

सभापति देउवाले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्मअनुसार इमान्दारीपूर्वक मतदान गर्न अपिल गरे। पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन कांग्रेस कार्यकर्ता अझ बढी सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो।

चुनावी सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन ऐतिहासिक जनमत सङ्ग्रह भएको बताए। उनले अग्रगमन र प्रतिगमनको लडाइँ अझै नसकिएकाले गठबन्धनको महत्व भएको बताए। गठबन्धनको महत्व घोराहीले दिएको र यसलाई सार्थकता दिन माओवादी र नेपाली कांग्रेसका प्रमुख, उपप्रमुखलाई जिताउनुपर्ने उल्लेख गरे।

'गठबन्धनको महत्वलाई घोराहीले झल्काएको छ' उनले भने, 'घोराहीको राम्रो कामको सन्देश नेपालभर दिँदै आएका छौँ, अब जितेर देखाउन मात्रै बाँकी छ।' हार्दिकताको सम्बन्ध, सहमति र एकताले नै गठबन्धन सफल हुनेसमेत उनले उल्लेख गरे। रासस

प्रकाशित: २६ वैशाख २०७९ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App