५ पुस २०८१ शुक्रबार
image/svg+xml

थरुहट पक्षधरद्वारा संविधानको विरोधमा प्रदर्शन

नयाँ संविधान जारी भएको खुसीयालीमा सबैतिर संविधान दिवस मनाइ रहँदा थरुहट पक्षधरले सोमबार धनगढीमा विरोध प्रदर्शन गरेका छन्। आन्दोलनरत थरुहट/थारुवान संघर्ष समितिले ‘असोज ३, कालो दिन’ भन्दै कालो पट्टीबाँधेरकालो झण्डा सहितविरोध प्रदर्शन गरेका थिए।

छिमेकीले अह्राएका चार जनालाई मन परेन भन्दैमा संविधान संशोधन हुँदैन : अाेली

संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको भन्दै उनले भने, '९२ प्रतिशत जनप्रतिनिधिले हस्ताक्षर गरेको संविधान सर्वस्वीकार्य भएन भन्नु गलत हो। छिमेकीले अह्राएका चार जनालाई संविधान मन परेन भन्दैमा संविधान संशोधन हुँदैन।'

संविधान कार्यान्वयनमा दलहरु नमिले इतिहासले धिक्कार्छः नेता पण्डित

नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले संविधान कार्यान्वयन गर्ने शक्तिहरु कार्यान्वयनमा निराश भए इतिहासले धिक्कार्ने बताएका छन्।

पंखाबिना उड्दैन संविधान

संविधानसभामार्फत संविधान जारी भएको करिब एक वर्ष बित्दा पनि त्यसको कार्यान्वयनका लागि अत्यावश्यक कानुन बनेका छैनन् । समयमा कानुन नबन्दा लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा देखिएको छ । कानुन मन्त्रालयका अनुसार संविधानले ग्यारेन्टी गरेका अधिकार दिन तत्काल बन्नुुपर्ने १ सय ३८ मध्ये १२ वटा कानुन एक वर्षको अवधिमा बनेका छन् भने ३० वटाको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।

खोपको चरणमा शिशु संविधान

अनेक प्रयोग, परीक्षण र हानिकारक सम्झौताको शिकार भएको छ हाम्रो संविधान। दुर्भाग्य, यस्ता समस्या समाधानका लागि होइन कि जातीय/क्षेत्रीय समूहहरुको 'असन्तुष्टि' र विदेशी शक्तिको 'सुझाव' लाई सम्बोधन गर्नमात्र संविधान संशोधन गर्न परिरहेछ।

घुम्तीमोडमा संविधान

माघ ७, २०७४ को टर्निङ प्वाइन्ट सहजै काटे संविधानको भविष्य सुरक्षित हुन्छ, संक्रमण समापन हुन्छ, गणतन्त्र बलियो बन्ने देखिन्छ । नत्र संक्रमण लम्बिएर सबै पक्षको भविष्य खतरातिर लम्किनेछ । यो यथार्थ बुझेर पनि प्रमुख दलले उक्त लक्ष्य हासिल गर्न दिल लगाएर काम गरेको देखिँदैन ।

परेवा उडाएर संविधान दिवस मनाइयो

राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए।

संविधान दिवसको अवसरमा निकाएलिएको र्‍यालीमा मोर्चाको हस्तक्षेप

संविधान दिवसको अवसरमा रौतहट सदरमुकाम गौरमा निकालिएको र्‍यालीमा मधेसी मोर्चाक कार्यकर्ताले हस्तक्षेप गरेका छन्। प्रमुख जिल्ला अधिकारी नरहरि बराल र जिल्ला प्रहरी प्रमुख डा. गणेश रेगमी सहभागी उक्त र्‍यालीमा मोर्चा कार्यकर्ताले हस्तक्षेप गरेका हुन्।

संविधान कार्यान्वयनमा जुट्न आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाबाट जारी नयाँ संविधान कार्यान्वयन गरी लोकतन्त्र जगेर्ना गर्न सबै राजनीतिक दललाई आह्वान गरेकी छन्। संविधान दिवसको पूर्वसन्ध्यामा आइतबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी जनतालाई देशको भाग्य र भविष्य आफैँ निर्धारण गर्ने अभिभारा सुम्पेको जनाएकी हुन्।

संविधानको वर्षदिन

संविधानसभा भवनको भव्य समारोहबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले आकाशे नीलो रंगको गाता भएको संविधानलाई पटक–पटक ढोगेर राष्ट्रवासीलाई हस्तान्तरण गर्दाको क्षण एक वर्ष पुरानो भइसकेको छ। त्यो अवसरको सम्झनाले अहिले पनि मुलुकवासीको छाती ढक्क फुल्छ, जसले यो मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको थियो।

स‌ंविधान दिवसमा ५३७ कैदीलाई छोड्न सिफारिस

काठमाडौं- मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसरमा ५३७ कैदीको बाँकी कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

ओबामाद्वारा संविधान दिवसको शुभकामना

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालको संविधान दिवस अवसरमा बधाई तथा शुभकामना प्रदान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउँदै ओबामाले एक वर्षअघि भूकम्पमा ज्यान गुमाएका परिवारजनको दुःख अमेरिकी जनताले अझै अनुभूत गरिरहेको उल्लेख गरेका छन्।

जनताको प्रश्न : ‘अहिले नै संविधान संशोधन गर्ने बेला भयो र ?’

जननिर्वाचित संविधानसभाले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको वर्षदिन पुग्दै गर्दा त्रि–चन्द्र क्याम्पसमा स्नातकोत्तर अध्ययनरत विद्यार्थी बाग्लुङका किरण रायमाझीमा भने केही उत्साह छ । ‘संविधान नै नबन्ला कि’ भन्ने चिन्ताका बीच संविधान नै बनेर वर्षगाँठ मनाउनु नै उपलब्धि मान्छन् उनी। वर्तमान सरकार मधेसकेन्द्रित दलकै सहमतिमा बनेकाले यो सरकार बनेपछि संविधान कार्यान्वयन हुने आशा उनको छ । उनले भने, “यदि मधेसीले उठाएका माग उचित छन् भने संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ ।”

अरुका लागि संविधान संशोधन हुन सक्दैन: ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताएका छन्। मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उनले संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनु पर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्