७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

स्याङ्जाको वालिङ नगरपालिका-८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ।

केराका थामबाट हस्तकलाका सामग्री

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ।

बंगुरसँग रमाउँदै वडाध्यक्ष सिंजाली

स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ।

हिउँमा बलिरहेको प्रकृति

कागबेनीदेखि उकालो लाग्दै गर्दा मान्छेलाई मात्र नभई गाडीलाई पनि लेक लाग्दो रहेछ। मान्छेले अक्सिजन नपुगेर जति नै छिटो पाइला बढाउन खोजे पनि नसकेझैं गाडीको जति नै एक्सिलेटर दबाए पनि छरितो गति नहुने रहेछ।

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

जिसस स्याङ्जाको गाडी दुर्घटना चालकको मृत्यु, तीन जना घाइते

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

सरकारी साढे ४ करोड लगानीको ‘सामूहिक खेती’ ३७ लाखमा ठेक्का

माडी नगरपालिका–८ स्थित कान्तिपुर गन्धर्व बस्तीका किसानहरूको आर्थिक अवस्था सुधार गर्न चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा ल्यायो। वाग्मती प्रदेश सरकारले कृषि पर्यटनको अवधारणा स्वरूप त्यहाँ साढे ४ करोड रूपैयाँ खर्च गरर्यो तर अहिले चलाउन नसकेपछि पूर्ण सञ्चालनमा नआउँदै ऋण तिरिदिने सर्तमा व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ।

सुन्तला उत्पादनमा स्याङ्जाको छलाङ

यो बेला स्याङ्जाका धेरै किसान खेतबारीमा खाडल खन्न व्यस्त छन्। किनकि अहिले सुन्तलाका बिरुवा रोप्न किसानलाई भ्याइनभ्याइ छ।

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो।

राति ९ बजेदेखि स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना हुने

आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।

बङ्गुरमा देखियो ‘अफ्रिकन स्वाइन फिवर’

'बङ्गुरमा रोग लागेपछि दसैँ अघि पनि एकपटक परीक्षणका लागि प्रयोगशालामा नमुना पठाएका थियौँ', उनले भने, 'त्यतिबेला ‘रिपोर्ट नेगेटिभ’ आयो, अहिले तिहारअघि पठाएको ‘रिपोर्ट पोजेटिभ’ आएको छ।'

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

साल्मेडाँडामा समाधिस्थल निर्माण

पाँच अर्बको गुरुयोजना बनाई साल्मेडाँडामा नौ वर्षदेखि निर्माणकार्यलार्ई तीव्रता दिन लागिएको जानकारी गोरखा स्मारक ट्रष्ट साल्मेडाँडाका संयोजक धर्मबहादुर गुरुङले दिए। पैसा अभावकै कारण केही वर्षयता समाधिको निर्माणले निरन्तरता पाउन सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्