२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

फाइल तस्वीर

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

सुरुका दिनमा केही बालबालिकामा देखिएको संक्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ। बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको छ।

विश्व स्वास्थ्य संगठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौं प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए।

स्याङ्जाको वालिङ-१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको संक्रमण देखिएको छ।

पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको संक्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधि कोखे पुगेर नमूना संकलन गरेका हुन्।

‘ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना संकलन गरी परीक्षण गर्न काठमाडौं पठाएको छ’,उनले भने,‘लक्षण अनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा संख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौं।’

ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्न समेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए।

दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म संक्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए।

ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्न समेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए।

ठेउला भाइरसबाट सर्ने संक्रामक रोग हो। विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ। यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्न सक्ने भएकाले समुदाय स्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताइन्।

‘संक्रमण फैलिन नदिन संक्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने, ‘एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ। एकपटक भएपछि दोस्रो पटक हुँदैन।’

ठेउला भाइरसबाट सर्ने संक्रामक रोग हो। विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ। यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्न सक्ने भएकाले समुदाय स्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताइन्।

जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको संक्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदाय स्तरमा फैलिएको छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App