coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राति ९ बजेदेखि स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना हुने

स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना आज राति ९ बजेदेखि सुरु हुने भएको छ। आज बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।  

यसअघि निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो। तर निर्वाचन आयोगले बुधबार पुनःमतदान गर्नु नपर्ने भन्दै यसअघि भएको मतदानअनुसार मतगणना गर्ने निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा सर्वदलीय बैठक बसेर राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो।  

यहि मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको मतदान सम्पन्न भएको भए पनि विवादका कारण यस क्षेत्रमा मतगणना सुरु हुन सकेको थिएन।  

यहाँबाट कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका सचिव पद्मा अर्याल चुनावी प्रतिस्पर्धामा छन्। 

प्रकाशित: १४ मंसिर २०७९ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App