१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

जहाँ दलित मात्र छन् उम्मेद्वार

भक्तपुरको चाँगुनारायण नगरपालिका ४ मा नेकपा मालेले वडा अध्यक्षसहित सबै उम्मेद्वार दलित मात्र उठाएको छ । वडाको पुरै टिम नै दलितले उम्मेद्वारी पाएसँगै यत्तिखेर चाँगुनारायण  नगरपालिका ४ चर्चाको शिखरमा पुगेको छ । नेकपा मालेका जिल्ला सचिव अदिप खड्काले ‘दलितमैत्री नमुना वडा’ निर्माणका लागि दलितहरूलाई सर्वसम्मत उम्मेद्वार बनाइएको बताए ।

दलहरुले यसरी गर्दैछन् उम्मेदवार खर्च

प्रमुख दलहरूले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूले निर्वाचन खर्च स्थानीय तहबाटै परिचालन गर्नु पर्ने नीति अख्तियार गरेका छन्। तैपनि निर्वाचन जित्ने सम्भावना बढी भएका उम्मेदवारलाई केन्द्रले 'टोकन मनी' पठाउने प्रायः प्रमुख दलको आन्तरिक गृहकार्य छ।

काभ्रेपलाञ्चोकमा ४०१ दलित महिला उम्मेद्वार

छ नगरपालिका र सात गाउँपालिकासहित १३ वटा स्थानीय तहको लागि १३५ वडाका ४०१ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् । ती वडामा उम्मेद्वारी दिएकामध्ये १३५ दलित महिला मात्रै निर्वाचित हुने छन् ।

दलको प्राथमिकता : प्राविधिक, निःशुल्क र अनिवार्य शिक्षा

संविधानले व्यवस्था गरेअनुसार आधारभूत तह अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहबाट कार्यान्वयन गराउने प्रतिबद्धता दलहरूको छ।

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध

सिन्धुपाल्चोकमा तीन दलित महिला निर्विरोध निर्वाचित भएका छन्। अरु दलित महिलाको मनोनयन नपरेपछि विभिन्न तीन गाउँपालिकाबाट उनीहरु वडा सदस्यमा निर्विरोध चुनिएका हुन्।

एर्डोगान टर्कीको सत्ताधारी दलमा पुनः सम्मिलित

टर्कीका राष्ट्रपति रेसेप तैइप एर्डोगान मंगलबार टर्कीको सत्ताधारी दल ‘इस्लामिक जस्टिस एन्ड डेभलपमेन्ट पार्टी’ (एकेपी) मा पुनःसम्मिलित भएका छन् ।

साना दलमा पनि उत्साह

साना दल पनि पहिलो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी भएका छन्। स्थानीय चुनावमा तराई मधेस केन्द्रित दलहरूले पनि उम्मेदवारी दर्ता गराएका छन्। मधेसी मोर्चासँग आबद्ध रहेको संघीय समाजवादी फोरम नेपाल र मोर्चामा नरहेको फोरम लोकतान्त्रिकले काठमाडौंलगायतका विभिन्न ठाउँमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौंको मेयरमा ६ जनाको उम्मेदवारी दर्ता, ठूला दलको प्रतीक्षा हुँदै

काठमाडौं महानगरपालिकाको मेयरमा दिउँसो २:१५ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भएको छ। मेयरमा साझा पार्टीका किशोर थापा, विवेकशील नेपालीकी रञ्जु दर्शना तथा राष्ट्रिय जनमोर्चाका डा.निर्मल कुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।

मतदाता धम्क्याउँदै दलका कार्यकर्ता

स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा दलका कार्यकर्ताले चुनावी परिणाम आफ्नो पक्षमा पार्न मतदाता धम्क्याउन थालेको गुनासो नागरिकले गरेका छन्।

बदलाको नियतले महअभियोग प्रस्ताव : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता गरिएको महाअभियोग प्रस्ताव बदलाको नियतले ल्याएको बताएका छन् । लोकतान्त्रिक भन्ने पार्टी नेपाली कांग्रेस र विधिको शासन मान्ने माओवादी केन्द्रले स्वतन्त्र न्यायपालिकामाथि ठाडो हस्तक्षेप गरेर असली रुप देखाएको उनले बताए ।

तीन दलीय पञ्चायत

हिजोआज धेरैको प्रश्न आउने गर्छ, चुनाव त हुन्छ नि ? मेरो सबैलाई एउटै उत्तर हुने गरेको छ, तपाईंको प्रश्नै गलत छ । चुनाव हुन्छ र होइन, चुनाव हुनुपर्छ । जसरी पनि हुनुपर्छ । चुनावको विकल्प छैन । झन् २० वर्षदेखि नभएको स्थानीय निर्वाचन त जसरी पनि हुनैपर्छ तर प्रश्न के हो भने, चुनाव समाधानका निम्ति गर्ने वा समस्या थप्नका निम्ति ?

दलीय द्वन्द्वको दावानल

प्रमुख दलहरूबीचको असमझदारीले आन्तरिक राजनीतिमा पार्न सक्ने नकारात्मक प्रभावको सबैभन्दा पछिल्लो सिकार स्थानीय तह निर्वाचन बन्न लागेको छ । मुलुकमा यस्तो लोकतान्त्रिक अभ्यास भइरहेको छ, जहाँ निर्वाचन सम्पन्न गर्न दलहरूलाई हम्मे पर्छ । निर्वाचनलाई नियमित रूपमा सम्पन्न गर्न नसक्ने लोकतान्त्रिक अभ्यासका कारण मुलुकले भने प्रत्येक जसो गतिविधिका निम्ति विदेशीको मुख ताक्नुपर्ने अवस्था आइरहन्छ ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

सल्यानमा दलहरूले उम्मेदवारको टुंगो लगाए

प्रदेश नम्बर ६ को सल्यान जिल्लामा प्रमुख दलहरुले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएका छन् । प्रमुख दलहरु कांग्रेस,एमाले, नेकपा माओवादी केन्द्र, राप्रपाले उम्मेदवार टुंगो लगाएर चुनावी तयारी तीव्र पारेका हुन् । तीन नगरपालिका सहित सात गाउँपालिका रहेको सल्यानमा केही दलहरुले सबै तहका लागि उम्मेदवार तय गरिसकेका छन् भने केहीले गाउँपालिकाका उम्मेदवार चयनको प्रक्रियामा छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्