१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

ठूला दलहरुले उम्मेदवार टुङ्गाएसँगै चुनावी रौनक बढ्यो

आगामी जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस अर्घाखाँचीले सबै क्षेत्रमा उम्मेद्वार तय गरेको छ।

स्थानीय तहको फेरबदलले अन्योल

चुनाव प्रचारमा लागिसकेका कार्यकर्ता तथा नेताहरु स्थानीय तह फेर वदलले अन्योलमा परेका छन् । उमेदवारी दर्ता गर्ने समयमा जिल्लाको संरचनामा परिवर्तन भएपछि नेता कार्यकर्ता अन्योलमा परेका हुन् ।

चुनावमा दल परिवर्तन : कसैलाई फलिफाप, कसैलाई घर न घाट

पुरानो घर छोडेर नयाँ घरबाट समेत विश्वास जित्न नसकेका ‘अभागी’ ‘न रह्यो बाँस, न बज्यो बाँसुरी’ को अवस्थामा छन्

स्थानीय तहको फेरबदलले अन्यौलमा उम्मेदवार

गाउँमा चुनाव प्रचारका लागि हिँडिसकेका स्थानीय नेताहरु स्थानीय तहको फेर बदलले अन्यौलमा परेका छन्। उम्मेदवारी दर्ता गर्ने एक हप्ता पहिले स्थानीय तहको संरचनामा परिवर्तन भएपछि उम्मेदवारहरु अन्यौलमा परेका हुन्।

दलहरु चुनावी समीक्षामा

स्थानीय तहको पहिलो चरणको चुनावमा अनेपक्षित परिणाम आएको निष्कर्ष निकालेका दलहरू पराजयको कारण खोज्न थालेका छन्।  नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्ति पार्टीले स्थानीय तहको पहिलो चरणको चुनाव अनेपक्षित भएको निष्कर्ष निकालेका छन्।

दोस्रो चरण निर्वाचन :  उम्मेदवार छनोट गर्दै दल

उम्मेदवार टुंगो लगाइसकेका कपितय स्थानमा दलले घरदैलो कार्यक्रसमेत थालिसकेका छन्।

सलाम! पहिलो दलित मेयर देवकुमारलाई

यतिबेला ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चामा छ। एक पहिलो दलित मेयर, दोस्रो ढोरपाटनमा एमालेको विजयी। अहिलेको बुर्तिबाङ नगर पहिलाको चार गाविसको समष्टि हो। बुर्तिबाङ, खुंगा, अधिकारीचौर, बोबाङ। राज्यले संरचना फेर्दानफेर्दै यो पटक अन्तजस्तै बुर्तिबाङलाई चुनाब लागिसकेको थियो। चुनाव खेल्न सक्नेले नै जित्ने निर्दिष्टि अभियान हो। यो पटकको चुनाबमा राष्ट्रवादको नाराले एमाले जगैदेखि जागेको थियो।

बजेटमा दलित सवाल

आफूलाई क्रान्तिकारी र दलितलगायत अन्य गरिब उत्पीडितको मसिहा ठान्ने माओवादी पार्टीले अघिल्ला अर्थमन्त्रीले गरिदिएको व्यवस्थालाई समेत उपेक्षा गर्नु नेपालका ३५ लाख दलितका लागि दुर्भाग्यपूर्ण स्थिति हो।

प्रदेश ३ मा एमाले पहिलो दल

प्रमुख प्रतिपक्षी दल एमाले प्रदेश नम्बर तीनको घोषित परिणाममा आधाभन्दा बढी स्थानीय तह जित्दै पहिलो दल बनेको छ। आइतबार साँझसम्म घोषित २५ नगरपालिका र ३२ गाउँपालिकाको प्रमुखमा एमालेले जित हासिल गरेको छ।

खोटाङमा माओवादीले उठायो पूर्व सभासदलाई मेयर

नेकपा माओबादी केन्द्र खोटाङले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व सभासद दुर्गाजयन्ती राईलाई मेयरको टिकट दिएको छ।

दोस्रो चरणको निर्वाचन कार्यक्रम सुरु, सक्रिय हुँदै दल र आयोग

पहिलो चरणको स्थानीय तह चुनाव सकिएर मतगणना जारी रहँदा पूर्वमा जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि सक्रियता बढेको छ। दोस्रो चरणको निर्वाचन कार्यक्रम शनिबार सुरु भएपछि जिल्लाका राजनीतिक दल र निर्वाचन कार्यालय गतिविधि तीव्र बनाउँदै छन् ।

दलहरूका आगामी कार्यभार

स्थानीय तहको पहिलो चरण निर्वाचनमा सबैभन्दा ठूलो दल कुन हुने ? दोस्रो को ? पहिलो र दोस्रोबीच कतिको अन्तर रहने ? उत्तर यसै साता आउला । पछिल्लो अढाई दशकको राजनीतिक अभ्यास र अनुभवले नेपाली कांग्रेस र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा देखिन्छ । यस आधारमा पहिलो र दोस्रो दलमा यी दुई नै दरिने निश्चित छ । सशस्त्र विद्रोह त्यागेर शान्ति प्रक्रियामा आएको दल तेस्रो वरियतामा आउने देखिन्छ । मूल माओवादीबाट चोइटिएर नयाँ दलको आवरणमा उदाएका र निर्वाचन बहिष्कारको राजनीति अख्तियार गरिरहेका दलका कारण माओवादी निकै कमजोर हुने अनुमान थिए । त्यो मिथ्या सावित हुँदैछ । माओवादीबाट विभाजन भएर सहरी जीवनमा ठूलो हल्लिखल्लीसहित उदाएको डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको ओज पनि यस निर्वाचनले सतहमा ल्याएको छ । त्यस्तै संघीय समाजवादी फोरमको आवरणमा रहेका अशोक राई र उपेन्द्र यादवहरूको गठजोडको आधार कमजोर रहेको आकलन यसै निर्वाचनमा गरिँदैंछ ।

रसुवामा छ दलित महिला सदस्य पद रिक्त

स्थानीय तहको निर्वाचनअन्तर्गत रसुवाको तीनवटा गाउँपालिकामा दलित महिलाको कोटामा मनोनयनपत्र दर्ता नहुँदा छवटा सदस्य पद रिक्त हुन पुगेको छ ।

पूरै परिणाम नआउँदै समीक्षामा दल

पहिलो चरणको स्थानीय चुनावको प्रारम्भिक परिणामलाई  प्रमुख दलहरूले आआफ्नै किसिमले विश्लेषण गर्न थालेका छन् ।

स्वार्थको दलीय सम्बन्ध

स्थानीय तह निर्वाचनका क्रममा केन्द्रीय स्तरमा राजनीतिक दलबीच तालमेल भए पनि त्यसलाई मतदाताले मन नपराएको देखिन्छ । तालमेलका कारण कुनै पार्टी विशेषको उम्मेदवार नै नभएको अवस्थामा समेत मतदाताले ‘आफ्नै पार्टी’ सम्बद्ध मतचिह्नमा मतदान गर्नुले पनि उनीहरूको तालमेलप्रतिको अरुचि बुझ्न सकिन्छ । प्रारम्भिक मतगणना तथ्यांकलाई आधार मान्दा तालमेलअनुरुप मतदाताले मतदान नगरेकाले नतिजा दलीय अपेक्षाविपरीत आउने सम्भावना पनि उत्तिकै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्