१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

'६०१ संसाद्'लाई सर्वसाधारणले दले कालो टीका (भिडियो)

१६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै युवाहरुले '६०१ सांसद'लाई कालो टीका लगाइदिएका छन्। गाईजात्राको अवसरमा राजधानीको वसन्तपुरमा आयोजित कार्यक्रममा उपस्थित सर्वसाधारणले ६०१ सांसद अंकित ब्यानरमा कालो टीका दलेका हुन्।

अमेरिकासँग बदला लिने उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको बदला लिने प्रतिज्ञा गर्दै अमेरिकाले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

बदलिँदो मानव संसाधन

बिमा बजारमा नयाँ कम्पनीको प्रवेशपश्चात रोजगारी क्षेत्रमा ठूलै अवसर सिर्जना हुन्छ जसले व्यवसाय विस्तार र पहुँच ग्रामीण क्षेत्रमा समेत हुनुका साथै पुँजी निर्माणमा समेत सहयोग गर्छ।

स्थानीय तहमा दलितका सवाल

अहिले स्थानीय तहले कम्तीमा पनि १८ करोडदेखि ११ अरबसम्मका कार्यक्रम तथा बजेट घोषणा गरेका छन्। तर अहिले बजेट तथा कार्यक्रम घोषणा गरेका स्थानीय तहले लक्षित कार्यक्रममा के/कति बजेट छुट्याएका छन् भन्नेचाहिँ सार्वजनिक भएको छैन।

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुई नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

मादलबाटै २ लाखभन्दा बढी आम्दानी

मालिका गाउँपालिका ५ घमिरका प्रेम नेपालीले मादल बेचेरै वार्षिक लाखौं रुपैयाँ कमाउँदै आएका छन् । करिव ४० बर्ष अगाडि देखि जिल्लाको सदरमुकाम तम्घासको मिलनचोकमा मादल बनाउँदै आएका उनले वार्षिक २ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन ।

प्रदेश २ मा दलहरुको आ-आफ्नै दाबी

प्रदेश नम्बर २ मा आगामी असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले पहिलो पार्टी हुने गरी चुनावी अभियान तीव्र बनाएका छन्। माओवादी केन्द्र सकेसम्म दोस्रो पार्टी बन्ने रणनीति लिएर चुनावमा जुटेको छ।

मधेसवादी दलसंग तालमेल हुनसक्छ: अध्यक्ष दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले तेस्रो चरणको स्थानीय तहको चुनावमा माओवादी केन्द्रले मधेसवादी दलसंग तालमेल गरेर प्रतिस्पर्धामा उत्रने तयारी गरेको बताएका छन्।

दलितमाथि विभेदै विभेद

भोजपुरकी ११ वर्षीया बालिकाको जबरजस्ती करणी भयो । गत पुसमा गाउँकै २० वर्र्षीय दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्दा उनी गर्भवती भइन् । ६ महिनापछि यही साउन पहिलो साता घटना सार्वजनिक भयो ।

लोप हुँदै मादलको ताल

नेपालमा मात्र बजाइने मौलिक लोक बाजा मादलको ताल र बोल लोप हुँदै गएकामा संगीतकर्मी चिन्तित भएका छन्। मादल बजाउनेको कमी भएसँगै यसका लोकधून लोप हुन थालेकोमा संगीतविज्ञले चासो प्रकट गरे।

बदलामा किशोरी बलात्कार गर्न आदेश दिने पक्राउ

दाईले एक बालिका बलात्कार गरेको अभियोगमा बदला स्वरुप बहिनीलाई बलात्कार गर्न आदेश दिने २० जनालाई पाकिस्तानको मुल्तानबाट पक्राउ गरिएको छ।

क्षतिपूर्ति विवादले लम्बिँदै एन्फा बैठक

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषयमा कुरा नमिलेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।

हरायो मनसुने झरी, लागेन ‘निम्बोस्टाट्स’ बादल

‘मनसुन’ मा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । मनसुनको पनि सबैभन्दा धेरै पानी पर्ने समय असार १५ देखि साउन १५ बीचको एक महिना हो। जुलाईलाई मनसुनकै सबैभन्दा बढी पानी पर्ने महिना मानिन्छ। यसपटक जुलाईमा औसत र सामान्यभन्दा धेरै कम पानी परेको छ । जल तथा मौसमविज्ञान विभागको तथ्यांकले देशका अधिकांश क्षेत्रमा कम वर्षा भएको देखाउँछ। विभागका १४ वटा मौसम केन्द्रको २५ दिनको तथ्यांक केलाउँदा सबैभन्दा कम वर्षा क्रमशः विराटनगर, ओखलढुंगा, ताप्लेजुङ, सिमरा, नेपालगन्ज, काठमाडौं र भैरहवामा भएको छ ।

अन्तर्घातीमाथि कारबाहीमा दलहरू हच्किए

तीनवटै ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रले पहिलो र दोस्रो चरणको स्थानीय तह चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने घोषणा गरे पनि कार्यान्वयनमा असफल भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्