१४ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश ३ र ४ को समानुपातिक मतपरिणाम : कुन दलले कति सिट पाउला ?

प्रदेशसभाअन्तर्गत प्रदेश नम्बर ३ को समानुपातितर्फको मतगणना सकिएको छ। निर्वाचन कार्यालयले उपलब्ध गराएको परिणामअनुसार सबैभन्दा धेरै नेकपा एमालेले ६ लाख ६७ हजार २७६ मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ५ लाख ५१ हजार २८० मत ल्याएको छ। त्यस्तै तेस्रोमा माओवदी केन्द्रले ३ लाख १५ हजार ३२ मत ल्याएको छ।

मादलको जितमा धिमेको गुञ्जन

‘यो जित कसको ? मादलको ! मादल कसको ? जनताको !’ एकातिर मादलको नारा लाग्दै गर्दा अर्कोतर्फ भने धिमे बाजा घन्कँदै थियो । भक्तपुर प्रतिनिधिसभा क्षेत्र– १ र प्रदेशसभा क्षेत्र– १ (ख) मा नेपाल मजदुर किसान पार्टीले चुनाव जितेपछिको दृश्य हो यो ।

बदलिँदै ओली शैली

ओलीको फेरिएको बोली र शैलीले उनकै धेरै कार्यकर्तालाई पनि अचम्मित तुल्याएको छ । केहीले यसलाई ‘वेटिङ प्राइमिनिस्टर’ को ‘स्वाभाविक परिपक्वता’ भनेका छन् । हुन पनि  सधैंजसो कडा शब्द र  नमिठो बिम्बमा विपक्षीको उछितो काढ्ने उनले यसपटक विपक्षीको समेत खुलेर प्रशंसा गरे ।

प्रदेश २ : मधेशी दलकै वर्चश्व

नेपाली कांग्रेसले प्रदेश नम्बर २ अर्थात् ‘कोर मधेस’लाई आफ्नो आधार क्षेत्र भन्दै आएपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको हालसम्मको परिणाम कांग्रेसको पक्षमा देखिएको छैन ।

अबको संसदमा दुई थरी दल

नयाँ संघीय संरचनाअनुसार अब बन्ने केन्द्रीय संसद्मा दुई थरी राजनीतिक दलले प्रतिनिधित्व गर्दैछन् । तीन प्रतिशत थ्रेस होल्डका कारण एक थरी राष्ट्रिय मान्यता प्राप्त दल र अर्को थरी सामान्य राजनीतिक दलका हैसियतमा प्रतिनिधिसभा प्रतिनिधित्व गर्दैछन् ।

निर्वाचनका दिन सबै प्रदेशमा आंशिक बदली, चारदेखि सात प्रदेशमा बर्षाको संभावना

मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन बिहीबार (२१ गते) सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ।

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ।

परिणाम उल्ट्याउने होडमा दलहरु

प्रतिनिधि र प्रदेश निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरु सक्रिय रहेका बेला काठमाडौंको चुनावी प्रतिस्पर्धी फरक र रोचक देखिएको छ । सबैभन्दा धेरै १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका आधा दर्जन निर्वाचन क्षेत्रमा आफ्नो प्रभाव जोगाउने र परिणाम उल्ट्याउने होडमा दलहरु जुटेका छन्।

बङगलादेशका वामपन्थी दल सडकमा

विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन्।

दलीय स्वार्थका कारण परिषद अझै हुन सकेन

स्थानीय तहका जनप्रतिनिधि विच दलिय स्वार्थका कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा जिल्लाका स्थानीय तहको काम काज प्रभावित भएको छ । समयमै नीति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वन चरणमा जानुपर्ने अवस्थामा अहिलेसम्म पनि परिषद नहुँदा स्थानीय तहको काम काग प्रभावित भएको हो ।

७० प्रतिशत अमेरिकी युवा वैकल्पिक दल चाहन्छन्

अमेरिकाको करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ।  एनबिसी न्युजले गरेको उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए।

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

नेपाल मिडिया सोसाइटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउन तथा राजनीतिक निकास दिनुपर्ने बताएको छ।

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्।

‘लोकतन्त्र सिध्याएर एकदलीय व्यवस्था ल्याउने वाम षड्यन्त्र’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको जित अनिवार्य भएको बताएका छन् । वाम गठबन्धनका नाममा देशमा लोकतन्त्र सिध्याएर एकदलीय शासन व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको बताउँदै कांग्रेस सभापति देउवाले यसपालिको निर्वाचनमा एकदलीय तानाशाही कम्युनिस्ट शासन कि जनतालाइ मालिक मान्ने लोकतान्त्रिक व्यवस्था कायम राख्ने भन्ने कुरामा सही निर्णय लिन मतदातालाई आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्