८ मंसिर २०८१ शनिबार
image/svg+xml

केबलकार विस्तारको लहर: ७१ अर्ब लगानी, ६ वटा सञ्चालनमा

पछिल्लो समय मुलुकभर केबलकार निर्माण र विस्तारको लहर चलेको छ। पहिलो पटक गोरखामा मनकामना केबुलकार सञ्चालनमा आएको थियो।

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।

बन्दीपुरमा केबुलकार र पाँचतारे होटल

पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

अन्नपूर्ण क्षेत्रमा केबुलकार: इआइए स्वीकृत गर्नु कानुनविपरीत

वनसचिव पेमनारायण कँडेलले सेवाबाट अवकाश हुने दिन यही मंसिर १३ गते अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्याँकन (इआइए) प्रतिवेदनको फाइल स्वीकृत गरेका हुन्। वातावरणीय प्रभाव मूल्याँकन प्रतिवेदन स्वीकृत गर्नु भनेको सरकारी जग्गा भोगाधिकारका लागि अनुमति प्रक्रियाको पहिलो खुड्किलो हो।

जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

काठमाडौँ महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोडको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ। जुम्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ।

महालक्ष्मी बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी बैंक र अन्नपूर्ण केबुलकार बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माण हुने

तनहुँको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा केबुलकार निर्माण हुने भएको छ। पर्यटकीय नगरी बन्दिपुरमा केबुलकारसहित पूर्वाधार निर्माण गरिरहेको बन्दिपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले दोस्रो परियोजनाको रुपमा छिम्केश्वरीमा केबुलकार निर्माण गर्न लागेको हो। समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ।

चन्द्रागिरि केबुलकार दसैँ, तिहारमा पनि खुल्ने

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ। उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्।

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालन

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो।

मनकामना केबुलकार ६ दिन बन्द हुने

मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ। स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो।

दशैँमा बन्दीपुरमा केबुलकार

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ। दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो।

मनकामना केबुलकार बिहीबार बन्द हुने

मनकामना केबुलकार सेवा बन्द हुने भएको छ। नियमित मर्मत सम्भारका लागि चैत १२ गते बिहीबार एक दिन बन्द गरिने भएको हो।

पर्यटनमा नयाँ प्रडक्ट ‘केबुलकार’

पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं पर्यटक आउँछन् ।

अब मोबाइलबाटै मनकामना केबुलकार टिकट

मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाबीच टिकट खरिदबिक्रीसम्बन्धी सम्झौता भएको छ।

अब मनकामना केबुलकारको टिकट मोवाइलबाट किन्न सकिने

कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनसँगै बन्द रहेको मनकामना केवुलकारले अब इटिकट पनि सुरु गर्ने भएको छ। सरकारले मठ मन्दीर खुला नगर्दा मनकामना केबुलकार पनि अहिले बन्द छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्