१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा छुट

महालक्ष्मी बैंक र अन्नपूर्ण केबुलकार बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाएको बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा पोखरा लेकसाइडदेखि सराङ्कोटसम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो।

सम्झौता पश्चात् बैंकको डेबिट कार्ड तथा क्युआर पे मार्फत बैंकिङ भुक्तानी गर्ने ग्राहकहरूले केबुलकार सेवामा आकर्षक छुट प्राप्त गर्ने छन्। बैंकले यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७९ ०५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App